दुई वर्षदेखि कतारमा कार्यरत झापा, बिर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी त्यतैबाट रुस गएको तीन महिना भयो । तर पछिल्लो दुई महिनादेखि भने उनको अवस्था अज्ञात थियो । रुसी सेनामा भर्ती भएका अधिकारीको सरकारले बिहीबार मृत्यु भएको पुष्टि गरे पनि उनको परिवार भने अझै बेखबर छ ।
झापाको विर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी रुस उडेको तीन महिना भयो । दुई वर्षदेखि कतारमा कार्यरत उनी त्यतैबाट रुस उडेका थिए । दुई महिनादेखि उनको अवस्था अज्ञात थियो । सरकारले रुसी सेनामा कार्यरत अधिकारीको मृत्यु भएको बिहीबार पुष्टि गरे पनि झापामा रहेको उनको परिवार त्यसबारे बेखबर छ ।
एक समय ‘पहाडकी रानी’ दार्जिलिङमा ‘विमल राज’ थियो । लोकसभा होस् या विधानसभा दुवै निर्वाचनमा निकट उम्मेदवार जिताउन दार्जिलिङबाट निर्णायक भूमिका खेल्ने प्रभावशाली नेता थिए, विमल गुरुङ । गोर्खा जनमुक्ति मोर्चा नामको शक्तिशाली क्षेत्रीय राजनीतिक दलका यी नेता अचेल ‘लो-प्रोफाइल’ मा छन् । अलग राज्य गोर्खाल्याण्डको आन्दोलनका यी योद्धा सन् २०१७ पछि ‘भूमिगत’ थिए ।
अहिलेसम्मै छोरी रुविनाले खेलेको क्रिकेट हेर्ने साहस जुटाउनै सकेकी छैनन् आमा मुना क्षेत्रीले । सायद छोरी लडेको, घाइते भएको दृश्यले पीडाबोध हुन्छ उनलाई । त्यसैले छोरीको खेल–उपलब्धिबारे अक्सर बेखबर रहन्छिन्, आमा मुना ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठमा डेनमार्कका लागि राजदूत प्रस्ताव भएकी ओलीको गृहनगर दमककी सुमित्रा सुवेदी (भण्डारी) लाई सरकारले सोमबार मधेश प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।
चिकित्सा शिक्षा आयोगको ऐनअनुसार कुनै पनि विश्वविद्यालयले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि न्यूनतम एक सय शय्याको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ । कोशी प्रदेश सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयसँग आफ्नो अस्पताल नहुँदा चिकित्सा शास्त्र संकायका कुनै कार्यक्रम ‘लन्च’ गर्न सकेको छैन ।
पुराना गाडीका पार्टपुर्जाले भरिएको छ कोठा । मोटरसाइकलको तेल ट्यांकीदेखि थोत्रा हेल्मेट छन् । अटोको काम नलाग्ने बडी । भित्ताभरि सजाइएका विभिन्न देशका नम्बर प्लेट । पुराना साइकलका रिङ । अनि ड्रम काटेर बनाइएको ‘एन्टिक’ सोफासेट । त्यही सोफामा लेखिएको छ, गाडीको ब्रान्ड यामाहा, सुजुकी, होन्डा आदि । नझुक्किनु होला यो गाडी बनाउने हैन, कफी बनाउने ‘ग्यारेज’ हो ।
इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू सँगसँगै किताब तथा स्टेशनरी बिक्री वितरणमा रोक लगाउने भन्दै गरेको निर्णय कार्यान्वयन हुन नपाउँदै उच्च अदालत विराटनगरले उपमहानगरलाई १५ दिने लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।
झापाकै प्रतिष्ठित ‘झापा गोल्डकप’ आयोजनाको मूलथलो बिर्तामोडको डोमालाल राजवंशी रंगशाला कहिले बन्ला भन्ने चासो वर्षौं पुरानो हो । २०७२ मा जब झापा गोल्डकपको पहिलो संस्करण सुरु भयो, तबदेखि नै यो घाँसे मैदानलाई व्यवस्थित रंगशालाको रूप लिने आश्वासन आइरहे । तर, प्रतियागिता हुन थालेको एक दशक बित्नै लाग्दा पनि रंगशाला बन्ने छाँटकाट देखिँदैन ।
कोभिड महामारी सुरु हुनुअघि विराटनगरका शाहिल र एलिना प्रसाईं भारतको दिल्लीमा पढ्दै थिए । विराटनगरमै १२ कक्षा सकेपछि उच्च शिक्षाका लागि दिल्ली गएका शाहिलले करिब ७ वर्ष अनि एलिनाले साढे ५ वर्ष दिल्लीमा बिताए । दाजु शाहिल बीबीए गर्दै थिए । बहिनी एलिना इन्फरमेसन टेक्नोलोजी एन्ड ह्युमेन रिसोर्स (आईटीएचआर) पढ्दै थिइन् ।