भन्सार अगाडिबाटै सामान किनमेल गर्न भारतको सुनौली र नौतनवा बजार जाने नेपालीको भीड सुनौली नाकामा बिहानदेखि अबेर रातिसम्म हुने गर्थ्यो । विशेषगरी शनिबार र सार्वजनिक बिदाको दिन सीमापारि जाने नेपाली उपभोक्ताको ताँती नै हुन्थ्यो ।
महर्षि बाल्मीकिले तपस्या गरेको पवित्र तपोभूमि मानिन्छ, बाल्मीकि आश्रम । मर्यादापुरुष श्रीरामचन्द्रकी पत्नी सीतालाई अग्निपरीक्षापश्चात् वनबासका लागि छोडिएको एवं लव र कुशको जन्म, बाल्मीकि ऋषिबाट शिक्षादीक्षा प्राप्त गरेको र खेली हुर्किएको स्थानका रूपमा पनि यो परिचित छ ।
करिव १८ करोड रुपैयाँको लगानीमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) शिक्षण अस्पतालले अत्याधुनिक प्रविधिको ‘३ टेस्ला एमआरआइ’ उपकरणबाट सेवा सुरु गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाली उत्पादनको बजार अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न र विदेशी प्रविधि नेपालमा भित्र्याउन विदेशमा रहेका नेपाली राजदूतावासमार्फत पहल गरिएको बताएका छन् ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले बितेको एक बर्षमा बेचबिखनको जोखिममा परेका १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ । शाखाकी प्रमुख माया क्षेत्रीले सन् २०२३ मा बेचबिखनमा परेकाहरुलाई भारतको विभिन्न स्थानबाट ४ जना, तेश्रो मुलुक कुवेतबाट १ जनाको उद्धार गरी रुपन्देही जिल्ला अदालतमा मानव बेचबिखनको एउटा मुद्धा दर्ता गरिएको जानकारी दिइन् ।
रुपन्देहीको सीमावर्ती प्रहरी चौकी मेउडीहवा, मैनिहवा र भैरहवाको बसपार्कस्थित प्रहरी बिटले भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ८२ हजार रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न सामान बरामद गरेका छन् ।
९ महिनादेखि १५ वर्ष उमेर पूरा गरेका रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा-रुबेला खोप लगाइने भएको छ । यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ ।
बिचौलियाले व्यक्तिका नाममा बनाएको सिद्धार्थनगर नगरपालिका–१० स्थित डेढ बिगाभन्दा धेरै क्षेत्रफलको जग्गा सार्वजनिक नै कायम गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यक छानविन र अनुसन्धानपछि व्यक्तिका नाममा नामसारी गरिएको सो जग्गा सार्वजनिक कायम गर्ने निर्णय गरेको हो ।