२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रताप विष्ट

प्रताप विष्टका लेखहरु :

६ महिनामा ४ सय ३७ सम्बन्धविच्छेदका मुद्दा

हेटौंडा उपमहानगरपालिका-३  का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्धविच्छेदको कानूनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरेका हुन् ।  

गठबन्धन फेरबदलले सर्‍यो अन्तर प्रदेश राष्ट्रिय खेलकुद

सत्ता गठबन्धन फेरिँदा चैत २ गतेदेखि सुरु हुने भनिएको अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको कार्यकारी समिति बैठकले चैत २५ गतेदेखि बैशाख १ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो । केन्द्रीय सरकारको गठबन्धन परिवर्तनको प्रभाव प्रदेश सरकार हुँदै त्यसको असर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि पर्ने भएकाले मिति सार्नुपरेको समितिले जनाएको छ । 

कान्ति लोकपथ डेढ महिना बन्द हुने

कान्तिलोकपथ सडक खण्डको मर्मत–सम्भार गर्न चैत १ देखि डेढ महिना बन्द हुने भएको छ । हेटौंडा–काठमाडौं ओहोरदोहोर हुने उक्त सडकका केही भागमा ढलानसहित मर्मत गरिने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म डेढ महिना सडक बन्द गर्न लागिको कान्तिलोकपथ सडक आयोजनाले जनाएको छ ।

सय केजी चरेस र गाँजासहित २ पक्राउ     

मकवानपुरको दुई स्थानबाट प्रहरीले मंगलबार करिब सय केजी चरेस र गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग खण्डको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित मनहरीतर्फबाट आइरहेको बीआरको १ बीएफ ५५८१ नम्बरको भारतीय कार रोकेर प्रहरीले खानतलासी गर्दा ८४ केजी १२०ग्राम गाँजा फेला पारेको थियो । 

बेवारिसे नवजात शिशुले पाइन् अभिभावक 

हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले साढे तीन महिनापछि आफूलाई पालन पोषण र संरक्षण गर्ने अभिभावक पाएकी छिन् । कार्तिक ३० गते बेवारिस अवस्थामा फेला परेकी नवजात शिशुलाई हेटौंडा उपमहानगरपालिकाले मधेश प्रदेशको पर्सा ठोरी गाउँपालिकाका नि:सन्तान दम्पतीलाई शिशु हस्तान्तरण गरेको हो ।

अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति धकेलियो

सत्ता गठवन्धनको फेरबदलका कारण चैत २ गतेदेखि सुरु हुने भनिएको अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ ।

साढे पाँच लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ

अवैधरुपमा लुकाइ-छिपाइ भित्राएको साढे पाँच लाख भारतीय रुपैयाँसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले कारको सिटमुनि लुकाई छिपाई ल्याएको अवैध रकमसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।   

थाहामा बसपार्कको काम २५ प्रतिशत सकियो 

पर्यटकीय नगरपालिकाको रुपमा पहिचान बनाएको थाहा नगरपालिकामा बसपार्क निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका—४ नार्खुडाँडामा वस पार्कको निर्माण कार्य २५ प्रतिशत सकिसकेको छ । त्रिभुवन राजपथसंगै जोडिएको उक्त बसपार्कमा टर्मिनल भवन, पेट्रोल पम्प, ग्यारेज, ४ वटा व्यापारिक भवनसहित साना ठूला गरी ३० सवारीसाधन अट्ने बसपार्क बनिरहेको हो । 

अन्तरप्रदेश राष्ट्रिय खेलकुद चैत २ बाट

वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगमी चैत २ गतेदेखि अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।