राजकुमार कार्की

२५ बिघामा लगाइएको गाँजाखेती नष्ट

मरिण गाउँपालिकाको विभिन्न वडाहरुमा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरेको छ । वडा नं ३ को बरुण भलायोमा २१ बिघा र वडा नं १ को टुँडिखेल र बेदपानीमा ४ बिघा जग्गामा गरिएको गाँजाखेती प्रहरीले नष्ट गरेको हो ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–४ ढुंग्रेवासमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ भने दुई गम्भीर घाइते भएका छन् ।

बीपी राजमार्गमा जिप दुर्घटना, एकै परिवारका ५ घाइते

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ को सेल्फीडाँडा मुनी सोमबार भएको दुर्घटनामा परि एकै परिवारका पाँचजना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था चिन्ताजनक छ । सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाइ सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

सिन्धुली जाने यात्रुलाई बढी भाडाको मार, ६ सयको बाटोमा हजार असुल्दै

दसैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुली रहेका छन् । त्यसको एउटा उदाहरण काठमाडौंबाट सिन्धुली सडक खण्डमा देखिएको छ । बस भाडा ६ सय तोकिए पनि घर फर्कने यात्रुसँग व्यवसायीले एक हजार रुपैयाँसम्म भाडा असुलेका छन् ।

तीन सय घर लालपुर्जाविहीन

कमलामाई नगरपालिका बनाउँदा सिद्धेश्वर र भिमान गाविस मिलेर बनेको हो  । त्यही गाविसमध्येको भिमानको मुटु मानिने भिमान बजारको अधिकांश स्थान लालपुर्जाविहीन छ  ।

राजकुमार कार्कीका लेखहरु :

बीपी राजमार्गमा बस दुर्घटना, ३ यात्रुको मृत्यु [अपडेट]

बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका-५ रिठ्ठेभीरमा बस दुर्घटना हुँदा एकको घटनास्थलमै र दुईजनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।  घटनास्थलमै मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका-८ का २९ वर्षीय रवि भण्डारी रहेका छन् ।

ट्रक दुर्घटनामा दुईको मृत्यु, एक सख्त घाइते

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका २ को पिपलभन्ज्याङ मुनी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । अर्का एक यात्री गम्भीर घाइते भएका छन् ।

डेढ वर्षअघि नै बन्यो पुल

मरिन गाउँपालिकाको कपिलाकोट–कल्पवृक्ष जोड्ने पक्की पुल सम्झौता अवधि अघि नै निर्माण सकिएको छ । ०७३ असार २९ गते ठेक्का सम्झौता भएको पुल २०७६ पुस २८ सम्म सक्नुपर्ने थियो ।

केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् ।

डोजर दुर्घटनामा चालकसहित २ को मृत्यु, १ घाइते

कमलामाई नगरपालिका १ को डाँडीगुराँसेको चनौटेमा बुधबार जेसीबी डोजर दुर्घटनामा २ को मृत्यु भएको छ । निर्माणाधीन धरान-चतरा-हेटौंडा सडकको ट्रयाक सडकमा गुड्दै गरेको बा २ क ३२०५ नं को जेसीबी दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका १० लालगढका ३० वर्षीय सन्तोष रिजाल र सिन्धुलीको तीनपाटन गाउँपालिका ५ का २५ वर्षीय कमल बोगटीको मृत्यु भएको हो ।