हरि रोका

स्वाधीन मौद्रिक नीति चाहिँदैन ?

‘हाम्रो पैसाको इज्जतै छैन । १ अमेरिकी डलर खरिद गर्न ११० नेपाली तिर्नुपर्ने ?’ गत शुक्रबार एकजना नयाँबानेश्वर स्थित बैंक परिसरमा भुतभुताउँदै थिए । मैले सुस्तरी सोधेँ, ‘किन चाहियो डलर ?’ ‘बच्चो पढ्न अमेरिका जान लाग्या छ । १० हजार डलर साट्न लाखौं रुपैयाँ कहाँबाट ल्याउने ?’ उनी अत्यन्त दु:खित तथा आक्रोशित मुद्रामा देखिन्थे ।

सहरको मृत्यु सन्त्रास

द आइडिया अफ जस्टिस’ मा विख्यात अर्थशास्त्री अमत्र्य सेनले ५ मे १७८९ मा राजनीतिक–दर्शनशास्त्री एडमन्ड बुर्केको फ्रेन्च क्रान्तिबारे बेलायतमा गरेको एउटा टिप्पणी उद्धृत गरेका छन्— ‘एउटा घटना भइसक्यो, यसबारेमा बोल्न पनि कठिन छ र चुप लागिरहन पनि सम्भव छैन ।’

‘अमेरिका पहिलो’ ले निम्त्याएको व्यापार युद्ध

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले सन् २०१६ को चुनावी सभामा भनेका थिए, ‘दुख:पूर्वक सुनाउनुपरेको छ, त्यो अमेरिकी सपना मर्‍यो ।’ केही दिनपछि अर्को चुनावी सभामा उनले भने, ‘अमेरिका फेरि पनि पहिलो हुनुपर्छ । दोस्रो विश्वयुद्धपछि अमेरिका सधैं पहिलो हुँदै आयो, अब पनि हुनपर्छ ।’

ट्रम्पको सिरिया युद्ध

‘मेरा प्रिय अमेरिकी नागरिकहरू ! केही क्षणअघि मैले अमेरिकाकी सैन्यशक्तिलाई सिरियाली तानाशाह बसर अल असदले रासायनिक हतियार राखेको ठेगानामा आक्रमण गर्न आदेश दिएको छु ।

नेपाल–भारत सम्बन्धका अप्ठ्यारा

नेपालको प्रधानमन्त्रीको पद सम्हाल्ने बित्तिकैको पहिलो मुख्य काम भारत भ्रमणमा जानैपर्छ भन्ने अलिखित वैधानिक मान्यताजस्तो बन्न पुगेको छ । कागतालीले एक–दुई प्रधानमन्त्रीका लागि त्यस्तो अवसर जुरेन ।

हरि रोकाका लेखहरु :

चुनावपछिका चुनौती

संविधानत: संघीयता सहितको पहिलो आवधिक निर्वाचन सम्पन्न भएको छ । वाम गठबन्धनले बहुमतको सरकार बनाउन सक्ने स्पष्ट बहुमतसहित संघीय संसदमा उपस्थित हुने लक्षण देखिएको छ भने कांग्रेस प्रमुख प्रतिपक्षमा रहने निश्चित छ ।

अक्टोबर क्रान्तिपछिको आर्थिक जीवन

रूसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएको सय वर्ष पुगेको छ । त्यो क्रान्तिद्वारा स्थापित सोभियत संघ त करिब सात दशकपछि विघटित भयो, तर माक्र्सवादी जगमा भएको त्यो क्रान्तिका तरंगहरू अझै मेटिएका छैनन् ।

‘वाम–गठबन्धन’ राजनीतिक अपराध हो ?

तीनवटा ‘वाम पार्टी’ ले असोज १७ गते अर्थात दसैंको मौका पारेर चुनावी तालमेल घोषणा गर्दै पार्टी एकताको लक्ष्य सुनाए । त्यसपछि चुनावउन्मुख नेपाली राजनीति माहोल रनक्कै तातेको छ ।

किन महँगियो चुनाव ?

हालसालै तीन ठूला पार्टीमध्ये एकका तेस्रो पंक्तिका एकजना होनहार युवा नेतासँग भेट गर्ने अवसर मिल्यो । सामान्य भलाकुसारीपछि उनलाई कुनै जोखाना नहेरी मैले सोधेंँ, ‘निर्वाचनमा उठ्ने होला नि ?’

७० वर्षे भारतलाई नियाल्दा

गएको अगस्त १५ मा छिमेकी मुलुक भारत स्वतन्त्र भएको ७० वर्ष पुरा भएको छ । कुनै पनि मुलुकको स्वतन्त्रता दिवसको अर्थ मुलुक अक्षुण्ण रहनुको परिचायक निरन्तरता हो ।