ज्ञानमणि नेपाल

विभूति कसलाई मान्ने ?

इतिहासमा चन्द्रशमशेरले एउटा संवादमा भनेका छन्, “भीमसेन थापाले एउटा चुक (गल्ती सुगौली सन्धि) गरिदिएकाले अहिले सय वर्षपछिसम्म पनि हामीले सच्याउन सकेका छैनौं ।” हो पनि । अहिले दुई सय वर्ष पछिसम्म पनि उक्त सन्धि सच्याएर पञ्चशील आधारमा नयाँ प्रबन्ध गर्न सकिएको छैन । बात मार्नचाहिँ खाँचो छैन, चलिरहेकै छ ।

पृथ्वीनारायणलाई सम्मान किन ?

पृथ्वीनारायण धेरै पढेका थिएनन्, पुस्तकवाचनसम्म गर्न सक्थे । दरबारमा पुराण लगाइँदा सुनेको राजा गद्दीनसीन भएपछि दिग्विजय गर्नुपर्छ भन्ने कुरो उनका मनमा गडेको थियो । आफ्ना पुर्खा राम शाहका पालादेखि लिन थालेको ‘गिरिराजचक्रचूडामणि’ भन्ने पदलाई सार्थक पार्ने अभिलाषाले उनले आफू राजा भएकै अर्को साल काठमाडौंको पल्लो किल्ला नुवाकोटलाई जिते ।

जंगबहादुरको अवदान

रणबहादुर शाहकी कान्छी ल्याइते कान्तवती सुवर्णप्रभाका जेठा छोरालाई हटाएर आफ्नो शिशु छोरालाई राजा बनाउन सफल भइन् । तर तिनै रानी मरेपछि भताभुंगे जोगी राजा रणबहादुरले लथालिङ्गे चाला गर्दागर्दै आफू पनि सिद्धिए, भीमसेन थापालाई सबै भाइभारदार सिध्याएर सर्वशक्तिमान् शासक हुने अवसर पनि दिए ।

ज्ञानमणि नेपालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।