खगेन्द्र अवस्थी

सिंगो बस्ती मदिराको सिकार

सदरमुकामसँग जोडिएको गढीमुन्तिर ७२ दलित परिवारको बाडिलेक गाउँँ छ । दिनभर प्राय: सुनसान हुने बस्ती साँझ परेपछि मदिराले मातेकाहरूको होहल्लाले अशान्त बन्छ । 

३३ हजार घर बिजुलीविहीन

बैतडी– जिल्लाका ३३ हजार घरका बासिन्दा अहिले पनि झरो र टुकीको उज्यालोमा बस्नुपरेको छ। यीमध्ये केहीले सोलार बत्तीको प्रयोग गर्दै आए पनि आर्थिक अवस्था कमजोर भएका अँध्यारोमै बस्न बाध्य छन्।

कृषकले पाएनन् भटमासको मूल्य

बैतडीको दोगडाकेदार गाउँपालिका २ का अर्जुनसिंह कुँवर हरेक वर्ष ४/५ क्विन्टल भटमास बेच्छन् । पाँच वर्षयता उनले उत्पादन गरेको भटमासको मूल्य बढेको छैन । ०६८ मा ४८ रुपैयाँ किलोमा बिक्री गरेका कुँवरले ४ वर्षदेखि ५० का दरमा बेच्दै आएका छन् । 

बाँझो बन्यो खेतीयोग्य जमिन

बँदेलले खेती नोक्सान पार्न थालेपछि जिल्लाका लेकाली क्षेत्रको जमिन बाँझो बन्न थालेका छन् । बँदेलले खाएर आलुको बीउसमेत जोगाउन नसकिने अवस्था भएपछि अहिले खेतीयोग्य जमिन चरन क्षेत्र बनेको छ ।

१४ हजार ऋणबाट मासिक १५ हजार कमाइ

मजदुरी गर्न सीमापारिका भारतीय गाउँ धाउने बैतडी पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश सार्की अहिले घरमै डोकोडालो बुनेर मनग्य आम्दानी गर्ने भएका छन् ।

खगेन्द्र अवस्थीका लेखहरु :

बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन् । 

कुलो भत्किँदा साढे ४ सय रोपनी बाँझै

दस वर्षअघि भत्किएको कुलो मर्मत नहुँदा मेलौली नगरपालिका १ स्यालतडीमा ५० परिवारको ४ सय ३२ रोपनी खेत बाँझै रहेको छ । कुलो मर्मत बजेट आउने आसमै स्थानीय लामो समयसम्म पर्खी बसेका हुन् ।

सीमामा बलिउड फिल्म सुटिङ

नेपाल–भारत सीमा झुलाघाटमा बलिउड फिल्म ‘सन्दीप और पिंकी फरार’ छायांकनको क्रममा छ । सीमापारिको भारतीय बजार झुलाघाट क्षेत्रमा गत साता सुटिङमा पुगेको टोली आउँदो शुक्रबार (डिसेम्बर २२) मा झुलाघाट पुलमा सुटिङ गर्न आउने तालिका छ ।

हटेन हलिया पेसा

दशरथचन्द नगरपालिका ८ सिमल्लेकका दुखाराम महर ५८ वर्षका भए । १४ वर्षकै उमेरमा साहुको हलो जोत्न सुरु गरेका उनले अझै छाडेका छैनन् ।

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।