युवा सांसदले प्रदेशसभामा आफ्नो प्रस्तुतिलाई राजनीतिक यात्राकै परीक्षाका रुपमा लिएका छन् । यसमा उत्तीर्ण भए मात्र ‘करियर’ ले रफ्तार समात्ने बुझेका उनीहरु सकेसम्म बैठक छुटाउँदैनन् । समसामयिक विषयमा तर्कपूर्ण धारणा राख्छन् ।
बुटवल मण्डपमा जारी सूचना प्रविधि मेलामा विद्यार्थीले तयार गरेका प्रविधिप्रति धेरैको आकर्षण देखिएको छ । कालिका मानव ज्ञान माविका विद्यार्थीले तयार गरेको रोबोट, होराइजन स्कुलका विद्यार्थीले तयार गरेको स्मार्ट ऐना, अब्स्टाकल डिडक्ट कार, इन्जेरलगायतमा धेरैको भीड लाग्ने गरेको हो ।
नेपाल पुलिस क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार पुलिसले पाहुना टोली युनाइटेड दार्जिलिङलाई २–० गोलले पराजित गरेको थियो ।
भ्याली च्यासल युथ क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार च्यासलले सीएमजी क्लब संकटालाई २–० ले पराजित गरेपछि क्वाटरफाइनल सुरक्षित गरेको हो ।
बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फुटबलमा आयोजक लाली रूपन्देही ११ सेमिफाइनल पुगेको छ । आइतबार देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सडन डेथका आधारमा रूपन्देहीले पूर्वको सुनसरी ११ लाई पाखा लगायो ।
भौतिक अवस्था र उपकरण अभावले प्रदेश ५ का सरकारी अस्पतालको उपचार सेवा प्रभावित हुँदै गएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशमातहत आएका अस्पतालको सुधार अभियान चलाएको मन्त्री सुदर्शन बरालले बताए ।
बाबु–आमाको मृत्युपछि रीतिरिवाज अनुसार पण्डित, लामा वा पुरोहितलगायतलाई दान गर्ने परम्परागत छ । रूपन्देहीमा भने आफन्तको स्मृतिमा शिक्षा क्षेत्रमा दान गर्ने चलन बढेको छ । यसरी दान गर्नेमध्येका हुन्, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारू । गत साता उनका बाबु साधुशरणको मृत्यु भयो । काजकिरिया र दानकर्म गरे । यतिले बाबुको नाम अमर हुने ठानेनन् ।