विश्वप्रकाश शर्मा

शक्ति कति थुपारेपछि समृद्धि ?

उत्तर कोरियामा अघिल्लो साता ‘अभूतपूर्व’ निर्वाचन सम्पन्न भयो । मतदाताले मतपत्रमा छाप लगाउने कष्ट गर्नुपरेन । एउटै नाम ‘किम जोङ उन’ उल्लिखित मतपत्र तिनले दिनभरि लाममा बसेर मतपेटिकामा खसाए ।

एक सफल स्ट्राइकर

चक्र बाँस्तोला अब हुनुहुन्न । सभापतिका रूपमा पार्टीको या प्रधानमन्त्रीका रूपमा देशको क्याप्टेन उहाँ बन्नुभएन ।

प्रधानमन्त्रीलाई प्रतिपक्षी प्रेमपत्र

प्रधानमन्त्रीज्यू, ‘मेरो देश डुब्न लाग्यो’ मार्मिक गीतको पंक्ति उद्धृत गरेर तपाईंकै पार्टी नेता माधवकुमार नेपालले संसदमा बोल्नुभएपछि त्यसले आजको देश बयान गरिसकेकै छ  । तर उहाँको कोणबाट देखिएझैं निराश, आक्रोश र ‘सबै सकिन लाग्यो’ भन्ने ढंगको टिप्पणी म गर्न चाहन्न  ।

दम्भको श्रीपेच

जुम्लाको अस्पतालमा गोली चलेको साँझ बुद्ध र जंगबहादुरको ‘फ्युजन’को अलि अघिको प्रसंग सम्झिएँ । प्रधानमन्त्री केपी ओलीले केही अघिमात्रै डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएको सन्दर्भ पनि सम्झिएँ । त्यसपछि सम्झिएँ, श्रद्धेय मदन भण्डारीलाई । ‘महाराज, आँखा नचम्काई बक्स्योस्, राजनीति गर्न मन भए श्रीपेच खोलेर मैदानमा आए हुन्छ ।’

कांग्रेस रूपान्तरणको एजेन्डा

नेपाली इतिहासका अनेक समयलाई आफूअनुकूल बदल्ने सामथ्र्य राखेको नेपाली कांग्रेस यतिबेला आफैंलाई समयानुकूल बदल्ने चुनौती र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रूपान्तरण भएर पुरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजयपश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ ।

विश्वप्रकाश शर्माका लेखहरु :

हामी बदलिन्छौं, कांग्रेस बदल्छौं

नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ? केन्द्रीय कार्यसमितिको बहुप्रतिक्षित बैठकतर्फ सबैको नजर केन्द्रित छ, यसबेला । पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति या विशेष महाधिवेशन जस्ता थुप्रै विषयमा चासो र जिज्ञासा सर्वत्र छ ।

काँग्रेसलाई 'अफेन्सिभ' बनाउने शर्तहरु

नयाँ संविधान पछिको नेपाल नवीन ढंगले समुन्नतितर्फ अघि बढ्ने आशा र विश्वास आज एक ढंगले खण्डित अवस्थामा पुगेको छ । अत: नेपाली कंग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ । अहिले सबैको निष्कर्ष छ– निराशा, अन्यौल, आवेग र असहिष्णुता समाजमा बढ्दै गएको छ ।

समाधानको हिस्सा बन्ने कि समस्याको ?

विश्व मानचित्रमा रहेको कुनै एउटा देश बाटो बनाउने, बिजुली निकाल्ने, उद्योग खोल्ने, सबैलाई रोजगारी दिने, रोटी–औषधी र पानी प्रबन्ध गर्ने सपना बोक्छ । तर सँगैमा त्यो देशका राजनीतिज्ञ भने पूर्वाग्रह रोप्छन्, आशा र विश्वास भत्काउँछन्, एकता खण्डित गर्छन्, शिरमा दम्भ बोक्छन् र असहिष्णुतालाई अघि लगाउँछन् भने त्यो देशको भविष्य के हुन्छ, लामो व्याख्या गरिरहनु पर्दैन ।