प्रदीप मेन्याङ्बो

होली विवादमा छुरा प्रहार हुँदा एक युवाको मृत्यु

सुनसरीको धरानमा युवायुवतीहरु होलीमा रमाइरहेका बेला बिहीबार साँझ बगैंचालाइनमा अचानक दुई समूहवीच झडप हुँदा एक युवाको मृत्यु भएको छ । छुरी प्रहारबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने युवा धरान ८ स्थित सिदार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङ हुन् । 

विपिको उपकुलपति हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

पदीय दायित्व पुरा नगरेकोले उपकुलपतिलाई संचालक समिति 'सिनेट' बैठकले गरेको बर्खास्तीको सिफारिस अनुसार कुलपति प्रधानमन्त्रीले प्रा. डा.राजकुमार रौनियारलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिबाट पदमुक्त गरेको जानकारी दिएको भोलिपल्ट सोमबार सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेको छ ।

दुई दर्जन समितिले काम गरे, सुकुम्बासी समस्या उस्तै

सुकुम्बासी समस्या समाधान गर्न हालसम्म २३ वटा आयोग गठन भइसकेका छन् । अब बन्ने आयोग २४ औं हुन्छ तर पनि समस्याले वास्तविक निकास पाउन सकेको छैन । ०६८ को जनगणनालाई आधार मान्दा २० प्रतिशत जनसंख्या सुकुम्बासी छ । 

बीपी प्रतिष्ठानका उपकुलपति पदमुक्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त भएका छन् । प्रतिष्ठानको ४२ औं सिनेटले पदबाट बर्खास्ती सिफारिस गरेको दुइसातापछि सरकारले पदमुक्त गरेको हो । रौनियारलाई तत्कालीन एकीकृत माओवादी-कांग्रेस सरकारले दुई वर्षअघि उपकुपतिमा नियुक्त गरेको थियो ।

तीन विद्यार्थीलाई एक शिक्षक

धरानकै पुरानोमध्ये एक शैक्षिक संस्था पछिल्लो समयमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको छ  । शिक्षा विभागले बनाइदिएका तीन पक्की भवन, पर्याप्त शिक्षक दरबन्दी हुँदाहुँदै पनि धरान उपमहानगपालिका–४ स्थित पत्रङ्बारीमा ०३३ सालमा स्थापित पञ्चकन्या आधारभूत विद्यालयमा विद्यार्थी कमी हुँदै गएका हुन्  ।

प्रदीप मेन्याङ्बोका लेखहरु :

बीपी प्रतिष्ठानमा अनियमितता : उपकुलपति रौनियारलाई बर्खास्त गर्न सिफारिस

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राध्यापक डा.राजकुमार रौनियारले आर्थिक अपचलन गरेको पाइएको छ । रौनियारमाथि पदीय दायित्व पूरा नगरेको, एमआरआई खरिद प्रक्रिया स्वीकृति नभई रकमान्तर गरेर पटक–पटक टेन्डर रद्द गरेको, मन्त्रालयले दिएको निर्देशनलाई अबज्ञा गर्दै अटेर गरेको, चेन अफ कमान्डलाई नमानेको जस्ता आरोप छन् । 

कोसीटप्पुलाई निकुञ्ज बनाइने

चरा र अर्नाको राजधानी मानिएको पूर्वको पर्यटकीय स्थल कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउन गरिएको प्रारम्भीक सम्भाव्यता अध्ययन सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव नारायण रुपाखेती संयोजक रहेको तीन सदस्यीय टोलीले अध्ययन गरेको हो ।

लामा कन्स्ट्रक्सनको धरौटी जफत

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकेडेमिक साइन्स ब्लक (कलेज भवन) निर्माणमा लामा कन्स्ट्रक्सनले सर्तबमोजिम काम नगरेको भन्दै धरौटी जफत गरेको छ ।

नक्सापास नगरी १२८ कोठे आश्रम

सुनसरीको बराहक्षेत्रस्थित चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भवनको न नक्सापास गरिएको छ न त कुनै सरकारीस्तरबाट निर्माणसम्बन्धी स्वीकृति लिइएको छ ।

विद्यालयलाई डेढ करोडको छात्रावास

कान नसुन्ने बहिरा विद्यार्थीले सांकेतिक भाषाको माध्यमबाट पढ्ने पूर्वको एक मात्र शैक्षिक संस्था धरानको पूर्वाञ्चल बहिरा विद्यालयले स्वदेशीविदेशी दाताबाट संकलित करिब १ करोड ५० लाख रुपैयाँ लागतको छात्रावास निर्माण गरेको छ । छात्रावासको उद्घाटन आइतबार धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गरिन् ।