एएफपी

जिम म्याटिस डेमोक्रयाट जस्तो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री जिम म्याटिसलाई ‘डेमोक्रयाटजस्तो’ भएको भन्दै जिम्मेवारीबाट बिदा दिने बताएका छन्  । म्याटिसलाई ट्रम्प मन्त्रिपरिषदको स्थिर तथा स्वतन्त्र सदस्यमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो  ।

इटालीद्वारा पोल्यान्ड पराजित

क्रिस्टियानो बिरागीले अन्त्यतिर निर्णायक गोल गर्दै रोबेर्टो मान्चिनीले सम्हालेयता इटालीलाई प्रतियोगितामा पहिलो जित दिलाएका छन्  । अजुरीले नेसन्स कपमा सोरजोभमा भएको नेसन्स लिग ए को समूह ३ मा आइतबार पोल्यान्डमाथि १–० को जित हात पारेको हो  ।

नेदरल्यान्ड्सविरुद्धको हारले लोमाथि दबाब

नेदरल्यान्ड्सविरुद्ध लज्जास्पद रूपमा ३–० ले हारेपछि शनिबार जर्मनीका प्रशिक्षक जोचिम लो राष्ट्रिय टिमसँगको १२ वर्षयताको करिअरमै सबभन्दा ठूलो संकटमा परेका छन्  । लिभरपुलका डिफेन्डर भिरभिजल भान डिकले डच टिमलाई पहिलो हाफमै अग्रता दिलाएका थिए  ।

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

रुसी राजधानी मस्कोमा गैरकानुनी विरोध प्रदर्शन गरेको आरोपमा ४ साताअघि पक्राउ परेका विपक्षी नेता एलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।

‘माइकल आँधीले अकल्पनीय क्षति’

अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा आएको आँधीका कारण अकल्पनीय क्षति पुगेको अधिकारीले जनाएका छन् । उनीहरूले माइकल नामक आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १७ पुगेको जनाए ।

एएफपीका लेखहरु :

पुनरागमनमा हफिजको शतक

ओपनर मोहम्मद हफिजले टेस्ट टोलीमा पुनरागमन गर्दै उत्कृष्ट शतक प्रहार गरेपछि अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टको पहिलो दिन पाकिस्तानले बलियो सुरुआत लिएको छ । दुबईमा आइतबार खेल सकिँदा पाकिस्तान २५५–३ को स्थितिमा छ । हरिश सोहेल १५ रनमा खेलिरहेका छन् । नाइटवाचम्यान मोहम्मद अब्बास १ रनमा छन् ।

‘ट्रम्प–किम वार्ता चाँडै’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको दोस्रो शिखर वार्ता चाँडै हुने बताएका छन् ।

इन्डोनेसियामा गएको भूकम्प कारण ज्यान गुमाउनेको संखया १ हजार ५ सय ७१ पुग्यो

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको संख्या १ हजार ५ सय ७१ पुगेको छ । 

पाकिस्तानका प्रतिपक्षी नेता सहवाज पक्राउ

पाकिस्तानका प्रतिपक्षी दलका नेता सहवाज सरिफलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ । उनलाई भ्रष्टाचारविरोधी निकाय ‘नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)’ ले शुक्रबार पक्राउ गरेको हो ।