मोहन बुढाऐर

प्राकृतिक स्रोतमा खिचातानी

बगलैया तालबाट प्राप्त आम्दानीले घोडाघोडी ३ स्थित गंग्री आधारभूत विद्यालयका ३ जना शिक्षकलाई तलब दिइन्छ । गाउँको बाटो निर्माण लगायत सामुदायिक विकासका अन्य काममा समेत तालकै रकम खर्चिने गरिएको छ । अहिले भने गाउँको यो स्रोत बन्द भएको छ ।

किनमेल गर्न भारतीय बजार

चाडपर्व नजिकिएसँगै सीमापारिका भारतीय बजारमा नेपाली ग्राहकको चहलपहल बढेको छ । कैलालीको सीमावर्ती पलिया बजारसम्म पुगेर नेपाली ग्राहकले घरायसी प्रयोजनदेखि चाडपर्वका लागि लुगाकपडा खरिद गर्न थालेका छन् ।

रानी जमरा लम्की शाखा नहर : निर्माण सुरु नभई म्याद सकियो

कैलाली लम्कीका बिर्खबहादुर साउदको एक बिघा खेतको उब्जनीले वर्षभरि खान पुग्दैन । ‘आकासेपानीको भर पर्दा बेलैमा रोपाइँ हुँदैन,’ बिर्खबहादुरले भने, ‘बाली सप्रने र बिग्रने पानीकै भरमा हो ।’

रूखले जोगायो ज्यान

कहिले सडकको दायाँबायाँ गाडी कुदाउने । कहिले सम्मै बाटामा पनि अचानक ब्रेक लगाउने । बुधबार साँझ दार्चुलाबाट महेन्द्रनगरतर्फ लागेको गाडीचालकको व्यवहार हेरेर यात्रुले पटक–पटक सचेत गराएका थिए तैपनि ना५अ ९११४ नम्बरको बसका चालक पदम पन्तले सुने नसुनेझैं गरी गाडी दौडाए ।

डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ जना घाइते

दार्चुलाबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ९११४ नम्वरको बस डोटीकाे जोरायल गाउँपािलका–२ अन्तर्गत भीमदत्त राजमार्गको रुवसकाँडा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा ४ गम्भीरसहित २४ जना घाइते भएका छन् । 

मोहन बुढाऐरका लेखहरु :

सुदूरपश्चिममा गति लिँदै

दशकअघिसम्म  रिक्सा र साइकल चल्ने बजार भनेर चिनिथ्यो धनगढी । अहिले रिक्सा विस्थापित भएका छन् । पाइडल रिक्साको स्थान इरिक्साले लिएको छ । कैलाली कञ्चनपुरका व्यस्त बजारमा टयाक्सी गुड्न थालेका छन् । टयाक्सीको संख्या ३ दर्जन नाघेको छ ।

अखाद्य वस्तु छ्यापछयाप्ती

प्रमुख चाड दसैं–तिहार सुरु हुने बेला सुदूरपश्चिमका स्थानीय बजारमा मिसावटयुक्त र म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको छ । सरोकारवाला निकायले बजार अनुगमन र नियन्त्रणमा ध्यान नदिँदा यस्ता सामानको बिक्री बढेको हो ।

तालिम प्राप्त कुकुर खोरमै

जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा भने कुकुरको प्रयोग नगरेको देखिएको छ ।

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

धनगढी उपमहानगरपालिका–११ कैलाली गाउँकी फुलमती चौधरीले हाल हाटबजारमा तरकारी बेच्न छोडिसकेकी छन् । उनी आफ्नो घरको उत्पादित तरकारी त्यतैका थोक बिक्रेतालाई बेच्ने गर्छिन् ।

विवादले ल्यान्डफिल साइट अलपत्र

स्थानियवासीको विरोध र बिवादका कारण प्रदेश ७ का प्रमुख चार नगरपालिकाको फोहोर व्यवस्थापनका लागि निर्माण गर्ने भनिएको ल्यान्डफिल साइटको काम अगाडि बढ्न सकेको छैन ।