चन्द्र कार्की

लोकप्रिय हातबुना कपडा

हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडाको माग बढेको छ । यस्ता कपडा स्वदेशका विभिन्न स्थानका साथै विदेशका बजारमा पनि पुग्न थालेको छ । हाते तानबाट बनाइएका कपडा स्तरीय र आकर्षक हुने भएकाले यसको माग बढेको व्यवसायीको भनाइ छ ।

राष्ट्रिय खर्क नीति अन्योलमा

संखुवासभाको मादी नगरपालिका सोलावनका भीमध्वज कार्की उमेरले ८४ वर्ष पुगे । गाउँभन्दा दुई घण्टा माथी रहेको लाचाम खर्कमा उनले उमेरमा ६० वटासम्म भैंसी चराए । २० देखि २५ वटा सम्म त दुहुना मात्रै हुन्थे । भैंसी गोठालो गर्दा गर्दै उनले जीवनको आधा समय लाचाम खर्कमै बिताए ।

नयाँ पर्यटकीय गन्तव्य

स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न फेदाप गाउँपालिकाले पर्यटन व्यवसाय प्रवर्द्धन अभियान सुरु गरेको छ  । गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको खोजी गरी पूर्वाधार निर्माणमा समेत गाउँपालिका जुटेको हो  ।

विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य

जिल्लाभरका स्थानीय तहले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा अभियान सञ्चालन गरिरहेका बेला फेदाप गाउँपालिकाले भने सबै विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका विद्यार्थीलाई कम्प्युटर माध्यमबाट शिक्षा प्रदान गर्न अभियान सुरु गरिएको अध्यक्ष हरि चोङबाङले बताए ।

चन्द्र कार्कीका लेखहरु :

हिउँ खेल्नेको भीड

हिमपातपछि पूर्वबाट पर्यटक आएर वसन्तपुर र तीनजुरे क्षेत्रमा भीडभाड बढेको छ । जिल्लामा यो वर्ष पाँचौँ पटक हिमपात भएको छ । हिमपातपछि जिल्लाका डाँडाकाँडा सेताम्मे देखिएका छन् । सुनसरीको धरानबाट मात्र ३ घण्टाको दूरीमा रहेको पर्यटकीय क्षेत्र बसन्तपुरमा हिउँ खेल्न बिहीबार अपरान्हदेखि नै धेरै आन्तरिक पर्यटक आएका छन् ।

दिव‌ंगत मन्त्री अधिकारीले बुधबार भनेका थिए–'म एकदमै हतारमा छु’

आठराई गाउँपालिका–६, चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो । तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा आएका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मगाउँमा विमानस्थल बनाउने सपना अधुरै रहेको हो । 

चिया प्रशोधनको सुविधा जिल्लामै

चार दशकअघि बारीका कान्लामा चियाका बिरुवा रोप्दै गर्दा गाउँमै चिया कारखाना सञ्चालनमा आउला भन्ने लालीगुराँस नगरपालिका सोल्मामा किसानले सोचेका थिएनन् । चियाका बेर्ना झांगिएर बगान हुँदै गर्दाको चार दशक समय जिल्लाका किसानलाई सहज थिएन ।

ढाका कपडा युरोप निर्यात

हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडा युरोप निर्यात हुन थालेको छ । घरघरमा हाते तान राखेर तयार गरिएका ढाकाका कपडा स्तरीय र आकर्षक भएको भन्दै युरोपेली मुलुकबाट माग बढेको छ । 

बसाइँ सराइले सुनसान गाउँ

पिउने पानीका मुहान सुकेपछि छथर गाउँपालिका बाँसपानीका २५ भन्दा बढी परिवार एकै पटक पूर्वी तराईमा बसाइँ सरे । गाउँभरि पानीका मुहान सुकेपछि उनीहरू आफ्नो थातथलो छाड्न बाध्य भएका हुन् ।