सुदूरपश्चिम ब्युरो

हुरीले बिचल्ली : कच्ची घरजति एउटै बचेनन्

कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भीषण हुरीले जनजीवन बिथोलिएको छ । दुई जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते छन् । कैलालीमा ३ हजार घरका छाना उडाएको छ भने कञ्चनपुरमा २ सय घर क्षतिग्रस्त छन् । बिजुलीका पोल ढल्दा विद्युत् अवरूद्ध छ ।

बन्दले सास्ती

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सोमबार गरेको बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । यातायात सेवा ठप्प हुँदा यात्रुलाई सास्ती भएको हो । 

असारे विकासको चटारो

चालु आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा स्थानीय तहमा असारे विकासको चटारो सुरू भएको छ । उनीहरुले पूर्वाधार विकासमा विनियोजित खर्च बढाएको दाबी गरेका छन् । चैतसम्म न्यून खर्च देखाएका अधिकांश स्थानीय तहले वैशाखमा बढाएको पुँजीगत खर्च अपत्यारिलो रहेको सरोकारवाला बताउँछन् । कस्तो छ त खर्च र विकास अवस्था ? 

डोजरले सुकायो मूल

सरकारले गत फागुनबाट लागू हुने गरी एक करोडभन्दा कम बजेटका आयोजनामा डोजर चलाउन नपाउने निर्णय गरे पनि सुदूरपश्चिममा यो नियम पालना गरिएको छैन  ।

होलिमा झुम्यो पश्चिम

सुदूरपश्चिम बुधवार होली पर्वको उल्लासमा झुमेको छ । बिभिन्न जातजाती र समुदायले आफ्नै मौलिक परम्परा अनुसार होलि पर्ब मनाए ।

सुदूरपश्चिम ब्युरोका लेखहरु :

स्थानीय तह विकास : दोस्रो वर्षको प्राथमिकतामा सडक

स्थानीय तहमा जनप्रतिनिधि आएपछि पहिलो वर्ष धमाधम गाउँगाउँमा बाटो निर्माण भयो । अधिकांश स्थानीय तहले ट्र्याक खोल्ने र ग्राभेल गर्न रकम विनियोजन गरे । दोस्रो वर्ष पनि सडक निर्माणलाई नै प्राथमिकता दिएका छन् । अहिले जथाभावी नदीनालाको दोहन गरेर ग्राभेल हाल्ने काममा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको स्थानीयले बताए ।

सिन्डिकेट उस्तै

एकै ठाउँ १२ जनाको मृत्यु । घाइतेको चीत्कार । आफन्तको आर्तनाद । सिन्डिकेट साँच्चै हट्थ्यो त डडेलधुरावासीले यस्तो ‘ट्रयाजेडी’ सायदै भोग्नुपर्थ्याे । ‘कन्डिसन’ मै नरहेको थोत्रो बस यात्रु चाप थेग्न नसकेर सडकबाट खस्न पुग्यो । 

अखाद्य वस्तुजति पहाडमा

चाडबाड र मूल्य वृद्धिको मौका छोपी पहाडी क्षेत्रका उपभोक्तालाई लक्षित गरी अखाद्य वस्तु बिक्री वितरण हुन थालेको छ । व्यापारीहरूले तराईमा खपत हुन नसकेका अखाद्य वस्तु पहाडमा बिक्री वितरण गरिरहेका हुन् ।

कांग्रेसको अग्रता

प्रदेश ७ मा शनिबार साँझसम्म २७ स्थानीय तहको मतगणना सकिएको छ । मतगणना सकिएका स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । शनिबार साँझसम्म कांग्रेसले १३, एमालेले १० र माओवादी केन्द्रले ४ स्थानीय तहमा जितेको छ ।