बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताहरूले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र उनका व्यापारिक साझेदार तथा सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले ‘प्रक्रिया पूरा नगरी’ करिब १४ करोड गोर्खा मिडियामा सारेको किटान गरे पनि प्रतिवादीको सूचीबाट लामिछानेको नाम हटाएपछि बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् ।
सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ ।
बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो ।
ई-ड्राइभ लुम्बिनी र ई-ड्राइभ नेपालकाे सहकार्यमा बैशाख पहिलाे साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ एप 'ई-ड्राइभ नेपाल' सञ्चालन हुने भएकाे छ । ई-ड्राइभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दाेहाेर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र माेटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने भएकाे छ ।
ठाकुरबाबा नगरपालिका–९ स्थित बर्दिया निकुञ्जको मुख्यालय हुँदै खौराहा खोला बग्थ्यो । वर्षामा ठूलो नदी बन्ने खौराहा खोला हिउँदमै पनि तर्न मुस्किल पर्थ्यो । त्यही खोलामा सोमबार बिहान दुई जना बालक माछा मारिरहेका थिए । पानीको सतह उनीहरूको गोलीगाँठोसम्म मात्र थियो । खोला झन्डै बगरमा परिणत भइसकेको छ । केही वर्षयता खौराहा खोला हिउँदमा सुक्ने गरेको स्थानीय बताउँछन् ।
बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित रूपन्देहीको पर्यटनमा पछिल्लो समय नयाँ कार्यक्रम थपिँदै गएका छन् । मार्केटिङ र कर्पोरेट बैठकसँगै गोष्ठी र सेमिनारका लागि यहाँका होटल रोजाइमा छन् । अहिले पर्यटन व्यवसायीले ‘डेस्टिनेसन वेडिङ’लाई जोड दिएर पूर्वाधारमा लगानी गरिरहेका छन् । यसले रूपन्देही स्वदेशी र विदेशीका लागि विवाह गन्तव्य बनेको छ ।