यूएइमा अलपत्र परेका दुई युवाको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
कपिलवस्तुका विप्लव बुढामगर बिहानैदेखि कोदोको बिस्कुट बनाउने काममा जुट्छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति माविमा कक्षा ८ मा अध्ययनरत बुढामगरको विभाग नै विस्कुट बनाउने हो । उनीसँगै अन्य बालबालिका पनि विस्कुट बनाइरहेका हुन्छन् । उनीहरु दिनमा करिब तीन सय विस्कुट बनाउँछन् ।
जिल्ला अस्पतालको निर्माणाधीन ५० शैयाको भवन निर्माणको काम दुई महिनादेखि ठप्प छ । निर्माणमा संलग्न श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले गत पुस २४ गते निर्माण सक्ने गरी ठेक्का लिए पनि काम भने अपूरै छ ।
सार्वजनिक लिखत कसुरमा एक जना पक्राउ परेका छन् । हलेसी महादेव गुठी समिति अध्यक्ष भएर विभिन्न निकायमा पत्राचार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ३८ वर्षीय मनोज गिरी पक्राउ परेका हुन् ।
सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्र जोड्ने दिक्तेल अस्पतालचौक-साप्सुखोला सडक स्तरोन्नतिको काम अलपत्र परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण योजना कटौती गरी बजेट नै विनियोजन नगरिएकाले काम अलपत्र परेको हो ।
बराहपाखेरी गाउँपालिका–१ बराहपोखरी जिमीगाउँ घर भई उदयपुरको मोतिगडा बस्ने ३९ वर्षीय सुकुम राई गत भदौ ३१ गते रुस पुगे । राजधानी मस्कोमा करिब एक महिनाजति तालिम गरेर उनलाई युक्रेन लगियो ।
खोटाङका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप मंगलबारबाट दिन सुरु गरिएको छ । सन् २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकारको अभियानअन्तर्गत खोटाङका सरकारको अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यो खोप दिन थालिएको हो ।
डढेलोबाट सल्किएको आगोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका सुमित्रा राईको दुई वटा घर र मतान जलेर नष्ट भएको छ । स्थानीय असोजे सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले दुई घर र मतान जल्दा करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।