प्रताप बिष्ट

चिसोले कालोपत्रे गर्ने काम रोकियो

तीव्रगतिमा निर्माण भइरहेको धरान–चतरा–हेटौंडा सडकको कालोपत्रे गर्ने कार्य रोकिएको छ । चिसो बढेकाले कालोपत्रे गर्न समस्या हुँदा काम रोकिएको रोकिएको हो ।

१२ वर्षीया बालिका आमा बन्दै, सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको चासो

१२ वर्षमै आमा बन्न लागेकी बालिकाकाे उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाकाे सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । 

प्रदेश ३ का मन्त्री स्थापित बर्खास्त

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।

गाउँ बजारमा बदलिँदै

केन्द्र तोकिएका स्थानीय तहका गाउँमा अहिले चहलपहल बढेको छ । विशेष गरी गाउँपालिकाका केन्द्र रहेका क्षेत्र बजार बन्दै गएका छन् । विगतमा सुनसान रहेका क्षेत्रमा गाउँपालिकाको केन्द्र तोकिएपछि होटल, पसल, बैंक र नयाँ भवन थपिएका छन् । केन्द्रमा दैनिक आउजाउ गर्नेको संख्या बढेको छ ।

प्रताप बिष्टका लेखहरु :

चुरे फाँड्दै सडक

धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडक बनाउने क्रममा चुरे र महाभारत क्षेत्रका १२ हजारभन्दा बढी ठूला रूख काटिइसकेका छन् । झापादेखि डडेलधुरासम्म १२ सय किमि पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग निर्माण गर्ने सरकारको निर्णयअनुसार यसै वर्षदेखि काम थालिएको हो ।

स्थानीय तहद्वारा दिवा–खाजा

मकवानपुरको एक गाउँपालिकाले विपन्न समुदायका बालबालिकालाई दिवा–खाजाका लागि बजेट विनियोजन गरेको छ । उनीहरूलाई स्कुलमा आकर्षण गराउन र भर्ना भएकालाई टिकाउन मकवानपुरगढी गाउँपालिका चालु आवदेखि दिवा–खाजाका व्यवस्था गरेको हो ।

हेटौंडा र चितवनमा अदालत अब चौबीसै घण्टा

जिल्ला अदालतका न्यायाधीश र कर्मचारीहरू चौबीसै घण्टा सेवा प्रवाहमा सक्रिय भएका छन् । मुलुकी संहिता भदौ १ देखि लागू भएपछि मकवानपुर जिल्ला अदालतमा एक न्यायाधीशसहित कम्तीमा ३ कर्मचारी खोजेको अवस्थामा अदालतमा हाजिर हुने गरी चौबीसै घण्टा ‘अलर्ट’ भएर बस्न थालेका छन् । यसले गर्दा उनीहरूको व्यस्तता पनि बढेको छ ।

रोपाइँ ५० प्रतिशत मात्र

असार महिना सकिनै लागे पनि मकवानपुरमा ५० प्रतिशत मात्र रोपाइंँ सकिएको छ । झमझम पानी नपरेकाले ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको हो ।

राजमार्गमा जोडिँदै चेपाङ बस्ती

मकवानपुरको उत्तर–पश्चिमका २ गाउँपालिकाका जनप्रतिनिधि विकट चेपाङ बस्तीलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न कस्सिएका छन् । राक्सिराङ गाउँपालिकाले चालु आवमा करिब ८० किलोमिटर कच्ची सडक निर्माण गरेको छ ।