गणेश चौधरी

बीज वृद्धिमा कृषि सहकारी

धानको मिनीकिट ब्लक प्रदर्शनबाट बीउ उत्पादन सुरु गरेको बिज वृद्धि कृषि सहकारी संस्था मुनुवाले अहिले धान गहुँ र तोरीको  करिब २  सय टनभन्दा बढी बीउ उत्पादन र बिक्री वितरण गर्दै आएको छ  ।

सुकुम्वासीका नाममा डेढ सयद्वारा निजी जग्गा कब्जा प्रयास

टीकापुर नगरपालिका–९ पायलगाँउस्थित गोविन्दप्रसाद श्रेष्ठको जग्गा सुकुम्वासीका नाममा कब्जा प्रयास भएको छ ।

माछापालनमा आकर्षित भएनन् किसान

कैलालीको भजनी नगरपालिकाका किसान माछापालनमा आकर्षित हुन सकेका छैनन्  । नगरपालिकाले गत वर्ष माछापालनका लागि साढे ३१ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि माछापालनका लागि कोही किसानले रकम माग गरेनन्  ।

पुलमा हिँड्न शुल्क

कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ ।अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् ।

सोख बन्यो व्यवसाय

घर–ऑगनमा फूल रोप्नु घरको वातावरण राम्रो बनाउनु सबैको सोख हो  । टीकापुर नगरपालिका–१ बनगाउँका सीताराम चौधरी पनि आफ्नो घर आँगन ढकमक्क फूलले सिंगार्दै आएका हुन्  ।

गणेश चौधरीका लेखहरु :

तिकुनियामा भीडभाड, टीकापुर सुनसान

सीमा पारीको तिकुनिया बजारमा दसैं किनमेलको चहलपहल छ । वारि टीकापुर भने सुनसान जस्तै छ । वारिका उपभोक्ता पनि दसैंको किनमेल गर्न तिकुनिया पुगेका छन् । नेपाली ग्राहकको भीडभाडले त्यहाँको बजारमा खुट्टा राख्ने ठाउँ छैन ।

राम्रा अक्षर कसरी लेख्ने ?

कर्णाली माध्यमिक विद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मालाई विद्यार्थीको हेन्डराइटिङ देख्दा दिक्क लाग्छ । ‘विद्यार्थीले लेखेका अक्षर उनीहरूलाई पढाउने शिक्षकले नै बुझ्न मुस्किल हुन्छ,’ उनले भने, ‘विद्यार्थीले लेखेकै बुझिएन भने परीक्षाको उत्तरपुस्तिका नै कसरी जाँच्ने ?’

ट्रकले किचेर एकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–४ बलियामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेतिर ना ४ ख १२७४ नम्बरको ट्रकले किच्दा लम्कीचुहा–२ का भागीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।