राजेन्द्र मानन्धर

पछार्ने होइन, पाल्ने

केही मानिस रिस पोख्दा ‘पाहाझैं पछारिदिन्छु’ भन्ने गर्छन् । अब पाहा पछार्ने हैन, पाल्न थालिएको छ । दोलखाको मेलुङ ५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पाहा पोखरीमा पाल्न सुरु गरेका हुन् । 

सय थुम्कामा महोत्सवको तयारी

एकसय भन्दा बढी स-साना पहाडका टुक्राहरू छरिए जस्तै देखिने शैलुङ डाँडामा सांस्कृतिक तथा प्राकृतिक महोत्सव हुने भएको छ । शैलुङ डाँडासँग जोडिएका दोलखाका शैलुङ र मेलुङ तथा रामेछापको दोरम्बा गाउँपालिकाले उक्त विशेषतालाई प्रचार गर्दै महोत्सव गर्न लागेको महोत्सव मूल आयोजक समारोह समितिले जानकारी दिएको छ ।

माथिल्लो तामाकोसीको २% काम बाँकी

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि अपुग ७ अर्ब ७० करोड रुपैयाँ सुरुका लगानीकर्ताहरूले नै थप्ने इच्छा देखाएका छन्  । दोलखाको लामाबगरमा सञ्चालित राष्ट्रिय गौरवको उक्त आयोजनाका लागि पुरानो भुक्तानी र दुई प्रतिशत कामका लागि थप त्यति रकम आवश्यक देखिएको छ  ।

चार वर्षसम्मै बिलौना

रोशन श्रेष्ठ दिनहुँ वडा कार्यालय धाउँछन्, नेतादेखि कर्मचारीसम्मलाई दुःखेसो पोख्छन् । भूकम्प गएको४ वर्षसम्म उनको दैनिकी सरकारले घर बनाउने पैसा दिन्छ कि भन्नेमै बित्यो  ।

सुन भेट्ने आसले नालीको हिलो किन्न मारामार !

सम्पत्तिका लागि झगडा भएका उदाहरणहरू जहाँकहीँका हुन सक्छन् । तर अति व्यस्त सहर न्युरोडभित्र भने नालीबाट निकालिएको हिलो फोहोर किन्न मारामार हुन्छ ।

राजेन्द्र मानन्धरका लेखहरु :

ब्रुमर अर्को सातादेखि

दिनमा १० किलोमिटर लामो सडकको धूलो एउटैले टिप्न सक्ने क्षमताका पाँचवटा ब्रुमरको परीक्षण सकिएको छ । काठमाडौं महानगरपालिकाको कार्यालय र अन्यत्रबाट बोलाइएका विज्ञ इन्जिनियरहरूले सोमबार राष्ट्रिय सभागृहको प्रांगणमा राखिएका ब्रुमरको अन्तिम परीक्षण गरे ।

चर्पी मासेर पसल

काठमाडौं महानगर २२ स्थित वडा कार्यालयलाई एउटा पिरलो छ, बढ्नुपर्ने चर्पीको संख्या घटदै गएकामा । ‘राजधानीको पनि राजधानी’ भनिने महानगरको न्युरोड क्षेत्रमा शौचालय घटदै जानु घर संख्या घटदै गएकाले होइन । मानिसको आवतजावत घटेको पनि होइन ।

दोलखामा मजदुर बोकेको बस दुर्घटना, २ को मृत्यु, एक दर्जन घाइते

दोलखाको लामाबगरमा माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ४५७३ नम्बरको भाडामा लिइएको बस शुक्रबार बिहान करिब ७ बजे बिगु गाउँपालिका १ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

जहाँ कोरिँदै छ महानगरको भविष्य

थापाथली छेवैको घरभित्र छिडीको एक कोठामा १५ जना इन्जिनियरहरू कम्प्युटरमा काम गरिरहेका छन्  । उनीहरूले काठमाडौं महानगरभित्रका सडक, ऐतिहासिक पोखरी, सामुदायिक भवन, चोक, पार्क, शौचालयका नक्सा र कलात्मक आकार कोरिरहेका हुन्  ।

महानगरमा 'स्मार्ट’ शौचालय

काठमाडौं महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खडगी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरूलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।