लक्ष्मी साह

बालबालिकाको त्रास हटाउन कक्षा

हुरीको चपेटामा परेका बालबालिकाको त्रास हटाउन हुरी प्रभावित क्षेत्रमा १० वटा बालमैत्री स्थल सञ्चालन गरिएको छ । एक दातृ निकायको सहयोगमा हुरी प्रभावित १६ वटा गाउँमध्ये १० गाउँमा १० वटा बालमैत्री स्थल बनाएर उनीहरूलाई मनोपरामर्श दिनुको साथै खेलकुद र मनोरञ्जनको माध्यमले विपद् भुलाउने कक्षा सञ्चालन भइरहेको छ । 

कागजपत्र नभएपछि हुरीमा ज्यान गुमाएका १८ जनाका परिवारले राहत पाएनन् 

चैत्र १७ गते आएको हावाहुरीमा परी मृत्यु भएका २८ जनालाई राहत वितरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कलैया पुगेपनि सबै पीडितले राहत भने पाएनन् । प्रदेश २ का मुख्यमन्त्री राउत शुक्रबार मन्त्री, सांसद र नेता कार्यकर्ताको साथमा गाडीको लावालस्करसहित कलैयाको जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेका थिए । 

बारामा चट्याङले ६ जनालाई घाइते बनायो

मंगलबार साँझ असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ । कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा ५ जना र वडा १ को पर्सा टोलमा १ जना घाइते भएका हुन् ।

हुरीले फेटावासीका टेन्ट उडायो 

एक्कासी मौसम बदली भइ मंगलबार साँझ असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुका टेन्ट उडाएको छ । फेटा गाउँपालिका-१, भलुही भरबलीया, वडा ३ र ६ को पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको वडा ६ पुरैनियाका अध्यक्ष जाकिर मियाँले बताए । 'हुरी र पानीले बसिनसम्नु बनाएको छ,' उनले भने, 'भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।' 

हुरी प्रभावितलाई घरघरमै राहत

शक्तिशाली हुरीले पुर्‍याएको जनधनको क्षतिमा धमाधम राहत जुटन थालेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले प्रारम्भिक चरणमा संकलन गरेको तथ्यांकअनुसार १ हजार ८ सय ५५ घरमा हुरीले क्षति पुर्‍याएको छ, जसमा ९ सय ४० घर पूर्ण रूपमा ध्वस्त भएका छन् । 

लक्ष्मी साहका लेखहरु :

बारा, पर्साका हुरीपीडितको झन् विचल्ली

हावाहुरीसँगै असिनापानी परेपछि बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ । पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् ।

हावाहुरीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

तराईका बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । हुरीको चपेटामा घाइते भएका थप दुई जनाको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बाराका २८ र पर्सा जिल्लाका एक जनाको मृत्यु भएको छ । 

सुत्केरीलाई प्रहरी श्रीमती संघको सहयोग

नेपाल प्रहरी श्रीमती संघले हावाहुरी पीडित सुत्केरीहरूलाई राहत वितरण गरेको छ । बुधवार फेटा गाउँपालिका-६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा र रिक्मा खातुनलाई संघले राहत वितरण गरेको हो । अमिरु र रिक्मा क्रमशः ५ दिन र १६ दिनको सुत्केरी हुन् । 

हुरी पीडित भन्छन् - 'बास र कपडा देऊ'

फेटा–६, पुरैनियाकी १५ दिनकी सुत्केरी रेक्मा खातुन (३०) मंगलबार दिउँसो काखमा शिशु बोकेर भत्केको घर अगाडि मलिन अनुहारमा भेटिइन्  । घर भत्केर पति तथा ससुरा घाइते भएको पीडामा रहेकी उनी ८ र ६ वर्षीय दुई छोरा र शिशुसहित तीन सन्तानलाई लिएर भत्केको घर अगाडि तीनदेखि खुला आकाशमुनि छिन्  ।

सुत्केरीको बिचल्ली : न बस्ने घर छ, न खाने अन्न

बस्ने घर छैन । खाने अन्न छैन । आफ्नो त परै जाओस्, चारदिने छोरीले समेत पेट भर्न पाएकी छैनन् । आमाको दूध आउँदैन । फेटा गाउँपालिका–६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा साँझ बास बस्न छिमेकीको घर पुग्छिन् । दिउँसो भत्किएको घरमा आएर टोलाउँछिन् ।