घनश्याम गौतम

तिलोत्तमा प्लास्टिक झोलामुक्त

तिलोत्तमा नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको छ । प्लास्टिकका झोलासँगै प्लास्टिकजन्य सबै सामग्रीको प्रयोगमा बन्देज लगाइएको छ । 

प्रदेशले ११ पदक वितरण गर्ने

प्रदेश ५ सरकारले विशिष्ट र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई संघीय सरकारले जस्तै पदक वितरण गर्ने भएको छ । त्यसका लागि कानुन तयार गरेर प्रदेशसभाको बैठकमा मंगलबार पेस गरेको छ ।

सिद्धबाबा नजिकै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गको बुटवल नजिकैको सिद्धबाबामा पहिरो गएपछि बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको माथिल्लो सिद्धबाबा नजिकैको हेडबक्समा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

जनप्रतिनिधिकै विवादले बजेटमा ढिलाइ

प्रदेश ५ का दर्जन बढी स्थानीय तहले आगामी वर्षको बजेट तयार गर्न सकेका छैनन् । स्थानीय तहले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि प्रदेश ५ का ५ स्थानीय तहले बजेट सभा नै गरेका छैनन् । गाउँ तथा नगरसभा गरेका अन्य स्थानीय तहले बजेटको मूल रकम सार्वजनिक गरे पनि विषयगत शीर्षकअनुसार बाँडफाँट गरेका छैनन् । 

घट्दै पानीको सतह

तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको छ । कम वर्षा र चुरेको फेदीमा बढेको तीव्र्र बस्ती विकासले जमिनमा पानी सञ्चय हुनै छाडेको छ । जमिनमुनि पानीको सतह घट्दै गएपछि तराईका अधिकांश हातेपम्पमा पानी सुकेको छ । मझौला र डिप बोरिङको प्रयोगबाट जमिन सिँचाइ गरेर खेती गर्ने किसान पनि समस्यामा पर्न थालेका छन् । 

घनश्याम गौतमका लेखहरु :

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय उद्योगले बढी प्रदूषण

बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी उद्योगले गर्ने उत्सर्जनले मात्र असर गरेको छैन, लुम्बिनीनजिकै रहेका भारतीय उद्योगले पनि प्रदूषण बढाएको स्थानीयले बताएका छन् । ती उद्योग लुम्बिनीबाट १५ किलोमिटर दूरीमै पर्छन् । त्यहाँबाट प्रदूषित हावा सीधै लुम्बिनीमा रहेका पुरातात्त्विक सम्पदासम्म आउने गरेको छ ।

प्रदूषणमुक्त लुम्बिनी बहस सुरु

बुद्ध जन्मस्थल लुम्बिनी प्रदूषणको चपेटामा परेको गुनासो लामो समयदेखि सुनिँदै आएको थियो । विभिन्न कार्यक्रममा प्रदूषण न्यूनीकरण कसरी गर्ने भन्ने चिन्ता व्यक्त गरिन्थ्यो । स्थानान्तरण, प्रदूषण कम गर्ने यन्त्र जडान वा उद्योग बन्द गर्ने एकमत थिएन । दिन प्रतिदिन बढदो प्रदूषणले पुरातात्त्विक स्थल संकटमा परेकामा सबै सहमत थिए । 

पेट्रोल पम्प खोल्न प्रदेशको छुट्टै मापदण्ड

पेट्रोलियम पदार्थको व्यवस्थापन, वितरण र प्रदेशअन्तर्गतका सडकमा नयाँ खुल्ने पेट्रोल पम्पका लागि सरकारले मापदण्ड तयार गरेको छ । संघीय सरकारले स्वीकृति दिने भए पनि प्रदेशभित्रका सडक सञ्जालमा स्थापना हुने पम्पका लागि प्रदेश सरकारले सिफारिस दिनुपर्छ । त्यही सिफारिसका लागि सरकारले मापदण्ड तयार गरेको हो । 

बजेटप्रति असन्तुष्टि

प्रदेश सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि बिहीबारदेखि प्रदेशसभा बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ । पहिलो दिनको बैठकमा बोल्ने सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यले नै बजेट वितरणमा असन्तुष्टि जनाएका छन् । 

आन्तरिक स्रोतबाट राजस्व दोब्बर

आन्तरिक स्रोत वृद्धिको महत्त्वाकांक्षी लक्ष्यसहित प्रदेश ५ सरकारले आइतबार प्रस्तुत गरेको बजेटले विभिन्न क्षेत्रबाट कर संकलन बढाउने भएको छ ।