तुलानारायण साह

पानी मधेसको जीवनदायिनी

गएको माघ १२ गते कान्तिपुरमा मधुकर उपाध्याको ‘पानीको कुरा पछि गरौँ’ पढेपछि यो रचना आवश्यक ठानेँ । मधुकर उपाध्यालाई म गुरु मान्छु । २०६१/६२ सालतिर हामी एउटै संस्थामा काम गर्थ्यौँ । अजय दीक्षित, दीपक ज्ञवाली, सुधीन्द्र शर्मा, मधुकर उपाध्याजस्ता पानीविज्ञहरू कुनै बेला एउटै संस्थामा कार्यरत थिए ।

उदाउँदो मधेस

सुरुमा मधेसी युवाहरूबारे लेख्ने काम सजिलै होलाजस्तो लागेको थियो । स्वीकार गरिहालियो । लेख्दै जाँदा निकै असहज महसुस भयो । यो निकै ‘वेग’ विषयजस्तो लाग्यो । मधेसको कुन भेगको युवाबारे लेखाँै ? कुन जातको युवाका भावनालाई प्राथमिकता दिऊँ ? मधेसभित्र बसिरहेका मधेसी युवाहरूको मनोविज्ञान एकखाले महसुस हुन्छ । काठमाडौंलगायत पहाडी सहरहरूमा रहेका मधेसी युवाहरूको मनभित्र अर्कै कुरा चलिरहेको जस्तो लाग्छ । विदेशमा रहेका मधेसी युवाहरू के सोच्दा हुन् ? कसरी आफ्नो परिवार, समाज र देशबारेको सोचमा तारतम्य मिलाउँदा हुन्, खुट्याउनै गाह्रो ! 

गोइठीको त्यो स्कुल 

राजनीतिक रूपान्तरणमा हाम्रा दलहरूको मानसपटलमा एकखाले रोडम्याप थियो । तर शिक्षा, स्वास्थ्य क्षेत्रमा रूपान्तरणको कुनै रोडम्याप थिएन । आजको नेपालको शिक्षाको जुन अवस्था छ, त्यो कुनै दलको रोडम्यापअनुरूप होइन । 

युक्ति मरिकको सपना

कथित महादलित डोम जातिका एक बाबु प्रथम मरिकका छोरा युक्ति मरिक दु:खजिलो गर्दै पढेर वकिल बन्ने क्रममा छन् भने युक्तिले आफ्नो छोरालाई डक्टर बनाइछाड्ने सपना देखेका छन् । समय, समाज र संघर्षमा आएको बदलाव डोमको यो बाबु–छोरा पुस्तामा देख्न सकिन्छ ।

मोदी भ्रमणपछिको राउत तरंग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिवसीय नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमण ऐतिहासिक र पूर्ण सफल भएको दुवै देशका सरकारको दाबी छ । मोदीको यस भ्रमणबारे काठमाडौंमा खासै उत्साह थिएन । तर जनकपुरमा निकै उत्सवको माहोल देखिएको थियो । खासगरी मधेसी समाज र प्रदेश नं.२ को सरकारले यस भ्रमणलाई शान र प्रतिष्ठाको विषय बनाएको थियो ।

तुलानारायण साहका लेखहरु :

मधेसको निर्वाचन : केही टिप्पणी

आन्दोलनको राजनीति होस् वा निर्वाचनको, तत्कालीन राजनीतिक परिवेशले धेरै ठूलो महत्त्व राख्छ । त्यसका बाबजुद पनि प्रत्यक्ष निर्वाचनमा परिणामलाई प्रभावित गर्ने पाँच ‘फ्याक्टर’ हुँदोरहेछ ।

संशोधनको विफलता : दोषी को ?

अन्तत: संविधान संशोधनको प्रस्ताव विफल भयो । यो अपेक्षित थियो । संविधान संशोधन नहुनु भनेकै नेपाली राजनीति अहिले पनि १६ बुँदे सहमतिकै मार्गचित्र अनुरूप अगाडि बढिरहेको प्रमाणित हुन्छ । मधेसी मोर्चाले सुरुदेखि अनेक धमास दिइरहे पनि गर्नचाहिँ केही सकेन । संविधान जारी भएलगत्तै मोर्चाले कित राप्रपाले जस्तै स्वीकार गर्नुपथ्र्यो, होइन भने संसदबाट सामूहिक राजीनामा दिनुपर्थ्यो ।

मधेसी दलहरूको एकीकरणको अन्तर्य

बिहीबारको बिहान धेरैका लागि अप्रत्यासित रह्यो । बिहानीको एफएम समाचारमा मधेसी दलहरूको एकीकरण केही दिनलाई टरेको समाचार सुन्नेहरू पत्रिका पढ्न नभ्याउँदै सामाजिक सञ्जालमार्फत अर्को समाचार पढ्न पाएँ । छवटा मधेसी दलहरूबीच एकीकरण हुने त्यो समाचारले मधेसमा एकाएक नयाँ तरंग पैदा गरिदियो ।