नवीन पोखरेल

बेलायती मेयरमा नेपाली

बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिल मेयरमा निर्वाचित भएका हुन् । 

गोर्खा कपमा ४२ टोली

बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपालि ४२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु खेल मैदानमा हुने १७ औं संस्करणमा ३२ मुख्य र १० भेट्रानको सहभागिता रहेको आयोजक तमुधिं यूकेले जनाएको छ ।

बेलायती वयस्क विश्वकै जड्याहा

बेलायती वयस्कहरु रक्सी पिउनेमा संसारमै एक नम्बरमा परेका छन् । एक विश्वव्यापी सर्वेक्षणका अनुसार बेलायती वयष्कहरुले १२ महिनाको अवधिमा औसत ५१.१ पटक रक्सी पिएको पाइएको छ, जुन साताको करिब एकपटक हो । तर, संसारका ३६ मुलुकमा गरिएको सर्वेक्षणले औसत वयस्कहरुले वर्षमा ३३ पटक मात्र रक्सीजन्य पेय पिउने गरेको देखाएको छ । 

बहिर्गमन पथमा बेलायती प्रधानमन्त्री 

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) बारे जटिलता बढ्दै गएपछि प्रधानमन्त्री टेरेजा मेको बहिगर्मन सम्भावना बढेको छ । सत्तारुढ कन्जरभेटिभ दलका केही वरिष्ठ नेता पार्टी नेतृत्वका लागि मैदानमा उत्रने भएपछि प्रधानमन्त्री मेको बहिगर्मन चर्चा भएको हो । 

बेलायतमा ईयू संसद् चुनावको सरगर्मी

युरोपेली संसद्को आउँदो २३ मेमा हुने चुनावको सरगर्मीले बेलायतलार्ई समेत छोएको छ । युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मिति अक्टोबर अन्त्यसम्म बढाइएपछि युरोपेली संसद्का लागि चुनाव हुन लागेको हो ।

नवीन पोखरेलका लेखहरु :

'विज्ञता लगानीको कार्ययोजना चाहियो’

नेपाल सरकारले विदेशमा रहेका नेपालीको सीप क्षमता पहिचान गरी त्यसलाई मुलुकको आर्थिक र सामाजिक विकासमा उपयोग गर्न स्थापना भएको 'ब्रेन गेन सेन्टर' प्रति गैरआवासीय नेपालीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

ब्रेक्जिट विवाद : राजीनामा मागपछि मे दबाबमा

बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) समयसीमा थप गरिएको मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्री टेरेजा मे थप दबाबमा परेकी छन् । 

बेलायती स्थानीय चुनाव : नेपालीमूलका आधा दर्जन विजयी

बेलायतको संसदीय निर्वाचनमा हालसम्म एक मात्र उम्मेदवार बने पनि स्थानीय तहमा भने विजयी हुने नेपालीमूलका व्यक्तिको संख्या बढ्दाे छ । 

भिसा घुम्ने, धन्दा कमाउने

व्यक्तिगत निम्तोमा नेपाली नयाँ वर्ष मनाउन आएका गायकद्वय हिमाल सागर र आशिष सचिन बेलायतमा आधा दर्जनजति सांगीतिक कार्यक्रम गरेर भर्खर फर्किए ।

अश्लील चलचित्रविरुद्ध बेलायत

बेलायतले विश्वमै पहिलो पटक इन्टरनेटमा अश्लील चलचित्र हेर्ने प्रवृत्ति नियन्त्रण गर्न उमेर परीक्षण गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ । आउँदो १५ जुलाई देखि उक्त नियम लागू हुने अधिकारीहरूले बताएका छन् ।