प्रकाशशरण महत

प्रकाशशरण महतका लेखहरु :

सरकारले गाडी किन्नुपरे अब विद्युतीय किन्छ

हामीसँग स्रोतसाधनको सीमितता छ, अप्ठ्यारा छन् । तर यी समस्याका बीचमा सरकारले काम गर्नुपर्छ । अहिले विद्युतीय सवारीको करका विषयमा मैले बोल्न मिल्दैन । यहाँहरुले बजेट भाषणबाटै थाहा पाउनुहुन्छ । विद्युतीय सवारीको करमा हामी अस्थिर भएका छैनौं । राजश्व उठाउनका लागि मात्र करको दर तय गर्दैनौं । विभिन्न आयामलाई मध्यनजर राख्दै करको दर तय हुन्छ । समय समयमा त्यसको पुनरावलोकन पनि हुन्छ । राजश्व उठाउनु पनि सरकारको लक्ष्य हो । तर कागती निचोरेजस्तो गरेर राजश्वको आकार ठूलो हुँदैन ।