साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ । पछिल्लो पटक काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे छन् ।
सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेश गरेका उच्च अदालतका पाँच न्यायाधीश ‘प्रारम्भिक कारबाही’ मा परेका छन् । उच्च अदालत विराटनगरका ती न्यायाधीशलाई न्यायपरिषद्ले काठमाडौं तानेको छ । सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरूले उल्ट्याएका थिए ।
निधारभरि रातो टीका, जमरा, नयाँ कपडा, पिङ, मालश्री धून, लिपपोत अनि रंग्याएर नयाँजस्तै बनाइएको घर, शक्तिपीठहरूमा धार्मिक अनुष्ठान, अग्रजबाट टीका र आशीर्वाद, टाढा–टाढाका आफन्तसँग भेटघाट ! दसैं भन्नेबित्तिकै यी प्रसंग ताजा भएर आउँछन् ।वर्षभरि जति दु:ख गरे पनि दसैंका बेला गच्छेअनुसार मिठोमसिनो खाने नेपाली परम्परा मौलिक छ ।
राजधानी अन्यत्र सार्ने र संसद्, मन्त्रालय ‘विकेन्द्रित’ रूपमा राख्ने चर्चा भएसँगै यहाँका विभिन्न संस्थाले छलफल तीव्र पारेका छन् । ऐतिहासिकता, भौतिक पूर्वाधारलगायत सबै दृष्टिले उपयुक्त भएको भन्दै सरोकारवालाले विराटनगरलाई नै प्रदेश स्थायी राजधानी बनाइनुपर्ने पक्षमा दिनहुँजसो छलफल गरिरहेका छन् ।
सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छाड्न आइतबार आदेश दिएको छ । अर्का अभियुक्त रामकुमार तिवारीलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको थप कारबाही अघि बढाउन आदेश भएको हो ।
संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका अभियुक्तमध्येका निलम्बित एसएसपी दिवेश लोहनीलाई उच्च अदालतले सादा तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश नरेन्द्रनाथ कर्ण र तारंगा सुवेदीको इजलाशले शुक्रबार उनलाई छाड्ने आदेश दिएको हो ।
मोरङ र सुनसरीका कानून व्यवसायीले उच्च अदालत विराटनगरको ‘कतिपय न्यायिक काम कारबाही’ मा चित्त नबुझेको भन्दै मंगलबार अदालतलाई २२ बुँदे सुझाव बुझाएका छन् ।