डा. अरुणा उप्रेती

चुप : कति लागिरहने ? 

‘चुप’ किताबमा कसरी महिलामा भारतमा संस्कृतिको नाममा चुप लाग्न सिकाइन्छ भनेर ठाउँठाउँमा विभिन्न महिला र युवतीको भनाइ राखिएको छ । यौन र यौनिकताका बारेमा कुनै किशोरीले प्रश्न गरिन् भने ‘यो त विवाहपछि थाहा भइहाल्छ’ भनिन्छ ।

बेसारको बहुउपयोग

कसैको घरमा मृत्यु भयो भने किरियापुत्री र त्यस घरका मानिसका लागि बेसार नहाली खानेकुरा पकाउने गरिन्छ । खानामा रङ नदेखिँदा खानै गाह्रो हुन्छ । दु:खी भएर बसेका बेला आँखाले किन सुन्दर देख्नुपर्‍यो र भन्ने भावनाले शोक मनाउन बेसार प्रयोग नगरिएको हो कि ?

बुर्का र कालो साडी

सन् १९७८ मा इरानी महिला कालो बुर्का लगाएर सडकमा उत्रिएका थिए । उनीहरू राजाको निरंकुशता, राजाको ‘सावाक’ नामको गुप्तचर संस्थाले गरेको अमानवीय व्यवहारको विरोध गर्दै आन्दोलित थिए । राज्यबाट बेपत्ता पारिएका मानिस पत्ता लगाउनुपर्ने माग पनि सँगै अघि सारेका थिए ।

उवा अर्थशास्त्र

नेपालको मुस्ताङ, मनाङ, कर्णाली भेगतिर उवा पर्याप्त पाइन्छ । नजिकको तीर्थ हेला भनेझैं उवा अहिले कर्णालीमै अपहेलित छ । काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी गर्‍यो भने कतिले त उवा र खुवा छुट्ट्याउन पनि सकिरहेका हुदैनन् । वास्तवमा उवा भनेको जौ नै हो । उवा आफैंमा ऊर्जा, सूक्ष्म पोषक तत्त्व, रेसादार पदार्थले भरिपूर्ण भोजन हो ।

पोसिलो कर्कलो

कर्कलोको नाम लिएपछि धेरैले ‘त्यस्तो पनि तरकारी हुन्छ र ? छ्या’ भनेर नाक खुम्च्याउँछन् । कर्कलोको पौष्टिक तत्त्वबारे थाहा पाए भने आहा भनेर खान थाल्छन् कि ! ऋषि पञ्चमीका दिन बिहान पूजा गरेपछि महिलाले कर्कलो र भात खाने चलन छ । व्रतसम्बन्धी दर्शनको म विरोधी हुँ, तर त्यो दिन पकाइने कर्कलो र भात म मिठो मानेर खान्छु ।

डा. अरुणा उप्रेतीका लेखहरु :

सामाजिक क्रान्ति

३५ वर्षअघि मेरो बुबाको मृत्यु हुँदा मेरा दाइ र आमा बडो दु:खपूर्वक किरिया बसेका थिए । सुकुलमा सुतेर, एक छाक दाउरामा पकाएर, नुन नखाएर, कसैलाई पनि नछोएर शारीरिक र मानसिक रूपमा थकित उनीहरूले १३ दिने संस्कार पुरा गरे ।

शल्यक्रियाका विकृति

पेसाले नर्स ३२ वर्षीया युवतीले दोस्रो सन्तान जन्माउँदाको अनुभव सुनाइन्, ‘म गर्भवती भएपछि एक निजी अस्पतालमा जाँच गर्न गएँ । ६ महिनापछि त्यही अस्पतालमा कार्यरत नर्स साथीले त्यो अस्पतालले शल्यक्रियाबाटै प्रसूति गराउने बताउँदै प्राकृतिक तरिकाले बच्चा जन्माउन प्रेरणा दिने अस्पतालमा जान सुझाव दिइन् । त्यसपछि म पाटन अस्पताल गएँ ।’

‘छोरी बचाऊ’ अभियान चाहिन्न

‘छोरी बचाउ अभियान’ बडो राम्रो कार्यक्रम रहेछ । यसले मानिसलाई छोरीलाई जन्म दिन प्रेरित गर्नेछ ।’ केही नेताले यसो भनेको सुन्दा रोउँ कि हासुँ हुन्छ । यो अभियान मलाई जंगलमा ‘बाघ र गैंडा बचाउँ’ अभियान थालनी गरे जस्तो लाग्न थालेको छ ।

गर्मीका औषधि

सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरूकहाँ जान्थ्यौं । सातु र सर्वतले पेट भरिएपछि भातै खाइँदैनथ्यो । त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले भरिपूर्ण कागतीको सर्वत पो खाँदा रहेछौं ।

प्याड अर्थशास्त्र

अक्षयकुमार अभिनीत ‘प्याडम्यान’ हेरेपछि मलाई मेरो किशोरावस्थाको याद आयो । म १२, १३ वर्षकी हुँदा (झन्डै ४६ वर्षअघि) ७ कक्षामा पहिलोचोटि महिनावारी भएको थियो, तर मैले कसैलाई भनिनँ ।