गिरुप्रसाद भण्डारी

विद्यालय गयो कि बिरामी

विद्यार्थी बिरामी हुने समस्याले गौमुखी गाउँपालिका ७, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थीको शैक्षिकस्तर खस्किएको छ ।

बर्जिबाङमा शान्तिपार्क

स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङ दहचौरमा शान्तिपार्क निर्माण गर्न थालिएको छ । यसका लागि स्वर्गद्वारी नगरपालिकाको सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पूरा गरी गुरुयोजना बनाइएको छ ।

प्रतिष्ठानको गतिरोधले उपचार प्रभावित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि गति लिन सकेको छैन । प्रतिष्ठानको गतिरोधले राप्ती उपक्षेत्रीय अस्पतालको सेवासमेत प्रभावित भएको छ । ऐनअनुसार अस्पताल प्रतिष्ठानमा गाभिने भनिए पनि यसबारे थप प्रक्रिया केही चालिएको छैन ।

जुम्लाबाट स्याउ बेच्न प्यूठान

मूल्य नपाएपछि जुम्लाका किसान स्याउ बेच्न प्यूठान झरेका छन् । त्यहाँ भाउ नपाएपछि यहाँको बाग्दुलामा आएको उनीहरूले बताए । जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ की अनीता दाहाल, मैना खत्री र देविका काफ्ले ३०/३० कार्टुन स्याउ लिएर बुधबार प्यूठान नगरपालिका ७ स्थित बाग्दुला बजारमा झरेका छन् ।

गाउँका सडक हिलाम्य

बाग्दुला–मच्छी सडक हिलाम्य बनेपछि गाडी सञ्चालनमा समस्या देखिएको छ । पहिरो हटाइएको छैन । हिलोमाथिबाट यातायातका साधन सञ्चालन गरिएकाले सडकको बेहाल छ ।

गिरुप्रसाद भण्डारीका लेखहरु :

पर्यटकीय पूर्वाधार बनाउन अध्ययन

ऐतिहासिक स्थल भित्रीकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधारको गुरुयोजना बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा आइतबारबाट प्राविधिक टोलीले अध्ययन सुरु गरेको हो ।

मौलिकता मासेर संरचना

धार्मिक तीर्थस्थलमा मौलिकता मिचेर सिमेन्टका संरचना बन्न थालेका छन् । संरक्षण र संरचना थप्ने नाममा पुरातात्त्विक मौलिकता मेटिने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग बढदो छ ।

पक्की पुलले यातायात सहज

झिमरुक गाउँपालिका १ स्थित सौतामारेफेदी गर्तङखोलामा पक्की पुल निर्माणले बाग्दुला–पुर्कोटदह सडकमा बर्खामा पनि यातायात सुचारु भएको छ ।

बाढीले बगायो झिमरुक करिडोर

बाग्दुला बिजुवार क्षेत्रमा सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ । नौबहिनी गाउँपालिका ८ लुप्लुङबाट चुनढुंगा बोक्ने टिपर झिमरुक नदी किनारै किनार गुड्न थालेपछि जोखिम कम भएको थियो ।

कालोपत्रेले जोडिँदै जिल्ला

प्रदेश ५ लाई गण्डकीसित जोड्ने उद्देश्यले यहाँको बाग्दुला–भीमगिठे सडक कालोपत्रे थालिएको छ । ‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण लगानीमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।