प्रदीप मेन्याङ्बो

बीपी प्रतिष्ठानमा बेथिति : अख्तियारको निगरानीमा पदाधिकारी, कामकाज अस्तव्यस्त

उच्च पदाधिकारी अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उच्च पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याएपछि प्रतिष्ठान अस्तव्यस्त बनेको हो । 

आलुमा विषादी अवशेष भेटियो

आलुमा ०५८ मै प्रतिवन्धित कीटनाशक विषादी बीएचसी बेन्जेन हेक्साक्लोरको अवशेष पाइएको छ । धरानको भानु सब्जी बजारमा खुद्रा बिक्रीका लागि राखिएको आलुमा उक्त विषादीको अवशेष पाइएको हो ।

घरैपिच्छे डेंगु

धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुन सकेको छैन । यहाँ करिब ४ हजार जना डेंगु भाइरसबाट संक्रमित भइसकेका छन् । साउनमा मात्र ७ सय २० जना बिरामी थपिएका छन् । धरानका हरेकजसो घरमा डेंगुका बिरामी भेटिइरहेका छन् । कतिपय घरमा सात जनासम्म संक्रमित छन् । 

ठूला आयोजनामा विवादै विवाद

धरानमा सञ्चालित सबैजसो ठूला आयोजना विवादका कारण अधुरै छन् । कतिपय आयोजना राजनीतिक कारणले प्रभावित छन् । पछिल्लो समय सञ्चालित धरान खानेपानी आयोजनामा कांग्रेस, समाजवादी पार्टी र लिम्बुवानले असफल भएको ‘ट्याग’ लगाइदिएका छन् ।

लागूपदार्थसहित ३ युवा पक्राउ

लागूपदार्थ ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले धरानबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १७ बस्ने २६ वर्षीय दनि राई, धरान–२ का ३० वर्षीय सनम शाक्य र धरान–८ का ३६ वर्षीय अभिषेश तामाङ रहेका छन् । 

प्रदीप मेन्याङ्बोका लेखहरु :

धरानले धानेन अस्तित्व

जनजाति र लाहुरेको सहर भनी परिचय बनाएको धरानमा पछिल्लो एकदशकमा खासै परिवर्तन आएको छैन । विकास निर्माणमा मुलुकका अन्य सहरको तुलनामा धरान पछाडि नै छ ।

लाखौं अपचलन गरी सहकारी अध्यक्ष सम्पर्कविहीन

धरानका एक सहकारी संस्थाका अध्यक्ष करोडौं रुपैयाँ अपचलन गरी बेपत्ता भएका छन् । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विक सहकारीको रकम हिनामिना गरी असार २३ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

झरीले महँगियो तरकारी

बजारमा हरियो तरकारीको अभाव भएपछि मूल्य अकासिएको छ । पूर्वी क्षेत्रमा निरन्तरको झरीले तयार भइसकेको हरियो तरकारी नष्ट भएको छ । वर्षाले कोसी करिडोर र सहायक सडकहरू पनि अवरुद्ध छन् । तरकारी महँगिएपछि उपभोक्ता मारमा परेका छन् । गृहिणीहरूलाई चुलामा हरियो तरकारी तयार गर्न मुस्किल भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यको कार्यकक्षको तालाबन्दी खुल्यो 

स्नातकोत्तर तह एमडी/एमएसको केही विभागमा विदेशी विद्यार्थी कोटा बढी भएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले चारदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको तालाबन्दी आइतबार बिहान खुलेको छ ।

पाँच वर्षमा ३ पिल्लर

इनरुवास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएको पत्र ३ महिनासम्म गुपचुप राख्दा सेउतीको पुल निर्माणको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।