२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सुरज कुँवर

कुँवर विगत १७ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

सुरज कुँवरका लेखहरु :

नेपालमा वायुसेवा सञ्चालन गर्न कम्तीमा तीनवटा जहाज हुनैपर्ने 

नेपालमा अब वायुसेवा कम्पनी स्थापना गर्न कम्तीमा तीन वटा जहाज अनिवार्य हुनैपर्ने भएको छ । वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका (एओसीआर) संशोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालमा दर्ता गरी सञ्चालन हुने वायुसेवा (हेलिकप्टर वा फिक्स्ड विङ्ग (जहाज) उडाउने कम्पनीले न्यूनतम तीन वटा वायुयान राख्नै पर्ने भएको हो । 

सगरमाथामा रसियन आरोहीको मृत्यु

सगरमाथा आरोहणका लागि गएका आरोहण अभ्यासका क्रममा शनिबार साँझ पहिलो शिविरमा रसियन नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार, सगरमाथा आरोहण अभ्यासका क्रममा ६४ सय मिटरको उचाईमा रहेको दोस्रो शिविरबाट ६ हजार मिटरमा रहेको पहिलो शिविरमा फर्किएका रसियन नागरिक ५५ वर्षीय पावेल कोस्ट्रीकिनको मृत्यु भएको हो

अक्षय कुमारले बोलाएका थिए, म गइनँ : निम्सदाइ 

विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल ७ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका म्याग्दीका निर्मल पुर्जा (निम्सदाइ)लाई बलिउड अभिनेता अक्षय कुमारले टिभी रियालिटी शोका लागि निम्तो दिएको तर आफू नगएको खुलासा गरेका छन् । 

निजी वायुयान आकाशमा, ध्वजावाहक भुइँमा

काठमाडौंबाट मनसुनी बादल छल्दै ११ हजार फिटमाथि उडेको बुद्ध एयरको अमेरिकी विच–क्राफ्ट विमान पोखरामा अवतरण गर्‍यो । लगत्तै उडान गर्दा काठमाडौंतर्फ सोझिएन । फेवातालमाथि ह्विस्की फोर–वान (डब्लु–४१) हवाई रुट समातेर पश्चिमतर्फ लाग्यो, दोस्रो गन्तव्य थियो- भैरहवा ।

कोरोना महामारीमा नेपालको हिमाल आरोहणमा सफलता 

कोभिड महामारीको दोस्रो लहर अघिबाट थालिएको सगरमाथासहित १६ वटा हिमालको वसन्तकालीन आरोहण सिजन ८३ दिनमा लगभग सकिएको छ ।