दीपेन्द्र विष्ट

स्मार्ट सिटीको डीपीआर तयार

सरकारले उपत्यकामा निर्माण गरिने ‘स्मार्ट सिटी’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । उपत्यकाका चार स्थानमा निर्माण गरिने स्मार्ट सिटीको डीपीआर तयार भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

थपिँदै ठूला बस, विद्युतीयका लागि रूट पर्मिट माग्ने बढे

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट प्रणाली हटाएसँगै मुलुकभर ठूला सवारीसाधन (बस) को संख्या बढेको छ । यातायात व्यवस्था विभागका अनुसार पुराना र नयाँ गरी ७१ वटा कम्पनीले मुलुकभर ठूला बस सञ्चालन गरेका छन् । तिनले धेरै यात्रु बोक्न सक्ने करिब ३ सयवटा बस भित्र्याएका छन् । 

मेलम्चीलाई मन्त्रीको बेवास्ता

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बिना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिएको छ । 

चन्द समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग

चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । 

सरकार–चन्द समूह सशंकित

वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज माइला लामा पक्राउ प्रकरणले सरकार र नेत्रविक्रम चन्द समूहबीच विश्वासको संकट पैदा भएको छ । 

दीपेन्द्र विष्टका लेखहरु :

कैलाली घटनाको जिम्मा चन्द समूहले लियो 

नेत्रविक्रम चन्द समूहले कैलाली बम विस्फोटन भएको जिम्मा लिएको छ । सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेका बम विस्फोट भएको उल्लेख गरेको छ ।

चन्द समूहलाई वार्तामा ल्याउन दौडधुप

सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् । सरकारले औपचारिक वार्ता टोली बनाउनभन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेको चन्द समूहका एक स्थायी कमिटी सदस्यले बताए ।

नयाँ बसपार्कमा ९० रोपनी जग्गा अतिक्रमण

गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिने/बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । 

सातै प्रदेशमा प्रहरीको सीसीटीभी

प्रहरीले शान्ति सुरक्षालाई नियाल्न स्थानीय तहसँग मिलेर मुलुकभर सीसीटीभी जडान गर्ने भएको छ । सडक दुर्घटना, समाजमा अपराध नियन्त्रण गर्न भन्दै प्रहरीले स्थानीय तहको समन्वय तथा सहयोगमा सीसीटीभी जडान प्रक्रिया अघि बढाएको हो । 

बन्दले ८० लाख विद्यार्थीको पढाइ प्रभावित

नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएयता चन्द समूहले तीन पटक नेपाल बन्द र एकपल्ट शैक्षिक हडताल गरिसकेको छ । त्यसले विश्वविद्यालयका साथै सामुदायिक र निजी विद्यालयका विद्यार्थीको पढाइ बिथोलिएको छ ।