प्रकाश बराल

[अपडेट] पर्वत बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३३ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो ।

ढोरपाटन–सालझण्डी सडक : चर्चा मात्रै, निर्माण थालिएन

आगलागीको घटनामा घर ध्वस्त भएपछि ढोरपाटन नगरपालिका–९ का जितबहादुर विश्वकर्मा नयाँ बनाउने सुरसारमा छन् । उनले जे ल्याउनु परे पनि बुर्तिबाङ झरेर खरिद गर्नुपर्छ । घर बनाउने ठाउँसम्म सडक राम्रो छैन । 

अग्लो झोलुंगे पुल बन्दै

सदरमुकामस्थित बागलुङ नगरपालिकामा कार्यरत कृष्ण सुवेदी बजारमा डेरा लिएरै बस्छन् । कालीगण्डकी नदीमा पुल हुँदो हो भने उनले १५ मिनेटमै आउजाउ गर्न सक्थे । तर, पर्वतको पाङ घर भएका उनलाई घुमाउरो बाटो २ घण्टा लाग्ने भएकाले डेरा लिनुपर्ने बाध्यता भयो । 

सडक विस्तारलाई तीव्रता

जैमिनी नगरपालिका–७ का राजेन्द्र पौडेलले एक दिन लगाएर सदरमुकाम पुगेको अहिले पनि सम्झन्छन् । तर, डेढ वर्षदेखि ३ घण्टामै जैदीस्थित घर पुगेर फर्कन भ्याउने भए । 

स्थानीय तहमा पुगेनन् प्राविधिक

गलकोटका गुमानसिंह खत्रीलाई कृषिसम्बन्धी समस्यामा छलफल गर्नु थियो तर उनले कृषि प्राविधिक खोज्न कहाँ जाने भन्ने नै पत्तो पाएका छैनन् । व्यावसायिक कृषिमा लागेकाले समय–समयमा रोगकीराको प्रकोप, मल, बीउ र बजारबारे सल्लाह आवश्यक पर्छ ।

प्रकाश बरालका लेखहरु :

थोरैमा काम गर्छु भन्नेलाई परेन ठेक्का

नगर विकास कोषको ९ करोड ४ लाख रुपैयाँ ऋण सहयोगमा बागलुङ बसपार्क निर्माणका लागि खुलाइएको ठेक्कामै नगरपालिकाले अनियमितता गरेको आरोप लागेको छ ।ठेक्काका लागि सबैभन्दा कम अंक बोलकबोल गरेको कम्पनीलाई पाखा लगाएको भन्दै निर्माण कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि यो विवाद बाहिर आएको हो ।

खानी दर्ता झन्झटिलो

ताराखोला गाउँपालिका ५ का ओमप्रकाश घर्तीले खानी दर्ता लिएर फर्म सञ्चालनको प्रयास गरे । बीके सप्लायर्स नामक उनले दर्ता गरेको फर्म एक महिना नबित्दै बन्द गरे ।

चार जिल्ला घुमाएर प्रसूति

सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो ।