२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

माधव ढुंगाना

माधव ढुंगानाका लेखहरु :

लुम्बिनीमा सडक खाना तथा साँस्कृतिक महोत्सव हुने

अंग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर लुम्बिनीमा दसाैँ साँस्कृतिक तथा सडक खाना महोत्सवको आयोजना हुने भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न लुम्बिनी होटल संघले आउँदो डिसेम्बर ३१ का दिन महोत्सव सञ्चालन गर्न लागेको हो ।

विद्युत् प्राधिकरणले लाइन काट्न थालेकोमा रुपन्देहीका २३ उद्योग सञ्चालकको विरोध

डेडिकेटेड र ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछि रुपन्देहीका २३ वटा उद्योगले विरोध जनाएका छन् । यस खालको विद्युत्‌को माग नै नगरिएको भन्दै उनीहरूले सरकारको यो कदम अन्यायपूर्ण र गैरकानुनी भएको बताएका छन् । 

थाइल्यान्डको चिकित्सक टोलीद्वारा ३२ जनाको निःशुल्क शल्यक्रिया

बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका ३२ जना आर्थिक विपन्न बिरामीको नि:शुल्क घुँडाको शल्यक्रिया तथा प्रत्यारोपण गरिएको छ ।

५ करोडको लगानीमा सावरिया मिष्ठान्न भण्डार सञ्चालन

आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै भैरहवामा एजी कृष्ण फुड प्रोडक्ट प्रालिले ‘सावरिया’ ब्राण्डको शुद्ध शाकाहारी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगर–७ स्थित आवारोडमा ५ करोड रुपैयाँको लगानीमा मिष्ठान्न भण्डार सञ्चालनमा आएको हो ।

इश्रावती स्टिल्सद्वारा उत्पादन सुरु

करिब ६ करोड रुपैयाँको लगानीमा स्थापना भएको इश्रावती स्टिल्स प्रालिले बुधबारदेखि उत्पादन सुरु गरेको छ । भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरमा रहेको उक्त उद्योगले बुधबारदेखि जस्तापाता, ग्याल्भनाइज टिन, सिट, स्मल रिप प्रोफाइल, कट टु लेन्थको उत्पादन सुरु गरेको हो ।

टाइगर रिसोर्ट किनेको हिमालयनले भन्यो : बैंकको ऋण र श्रमिकको ज्याला तिर्छौं 

रुपन्देहीस्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले बैंकको ऋण तथा श्रमिकको तलब चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ । रिसोर्टको सम्पूर्ण स्वामित्व लिएको हिमालयनले शुक्रबार होटल परिसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

चौतर्फी विरोधपछि सिद्धार्थ नगरपालिकाले घटायो सम्पत्ति कर

चौतर्फी विरोधपछि सिद्धार्थनगर नगरपालिकाले सम्पत्ति करको दर घटाएको छ । ७ सय गुणासम्म बढाएको सम्पत्ति करमा स्थानीय स्तरबाट तीब्र विरोध भएपछि  सिद्धार्थनगर नगरपालिकाले बिहीबार विशेष नगरसभा आह्वान गरी सम्पत्ति करको दर जम्मा २० प्रतिशत वृद्धि गर्ने निर्णय पारित गरेको हो ।

गौतम बुद्ध विमानस्थलबाट विदेशमा सिधा हवाइ उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय सहरहरूमा सिधा हवाइ उडान सञ्चालन गर्न सिमावर्ती क्षेत्रका स्थानीय पर्यटन व्यवसायीले माग गरेका छन् । आवश्यक पूर्वाधार र संरचना तयार भए पनि त्यसको सदुपयोग हुन नसकेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

दुर्गन्धित बन्दै सिद्धार्थनगर

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पालिकामा घरघर तथा टोलमा थुप्रिएको फोहोर नउठेपछि दुर्गन्ध फैलँदै गएको हो । चार दिनयता पालिकाको सरसफाइका लागि खटिने टोलीले फोहोर उठाउन सकेको छैन । 

सिद्धार्थनगरमा एसियाली विकास बैंकको थप लगानी 

सिद्धार्थनगरको भौतिक पूर्वाधार निर्माण तथा विस्तारका लागि एसियाली विकास बैंक (एडीबी) ले थप लगानी गर्ने भएको छ । यसअघि पनि एडीबीले सिद्धार्थनगर नगर क्षेत्रमा सडक, नाला लगायतका पूर्वाधार विकासमा दुई पटक लगानी गरेको थियो ।