राजकुमार कार्की

चुरे जंगल अतिक्रमण

सुकुम्बासीका नाममा कमलामाई नगरपालिका १४ को चन्दनपुर र दुधौली नगरपालिका ३ को झुंगा नजिक सयौं बिघा जंगल फँडानी गरेर बस्ती बसालिएको छ । स्थानीयका अनुसार दुई दशकअघिदेखि सुरु भएको फँडानी हुने क्रम अझै रोकिएको छैन । जंगल फँडानी भई मानवबस्ती बसेपछि चुरेक्षेत्र विनाश हुँदै छ । 

नेपालीको सीप जापानी बजारमा

सिन्धुलीको दुधौली नगरपालिका ८ का महिलाले बनाएको हस्तकला सामग्री विदेश निर्यात हुने गरेको छ । महिला निर्मित यी सामान जापानी बजारसम्म पुग्ने गरेको हो ।

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए । 

गर्मी छल्न गढी

सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहाल सदरमुकाम आवतजावत गर्दा गढी नजिकको सोलाभन्ज्याँङमा सधैंजसो केही समय बिताउने गरेकी छन् । सदरमुकाम र आफ्नो गाउँपालिकाको कार्यालय रहेको गढतिर क्षेत्रमा उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीको समयमा समेत हुने जाडोले आनन्द प्राप्त हुने उनले बताइन् ।

चन्द समूहसँग वार्ता गर्न पौडेलकाे सुझाव

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राम्रोसँग थाहा हुँदाहुँदै पार्टीलाई नै प्रतिबन्ध लगाएर थप हिंसा भड्काउनु लोकतन्त्र माथिको प्रहार भएको बताए ।  

राजकुमार कार्कीका लेखहरु :

गुडिरहेको ट्रकमा आगलागी

बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका-२ को पिपलभन्ज्याङमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । मंगलबार सदरमुकाम सिन्धुलीमाढीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५ ख ३७३६ नम्बरको सिमेन्ट लोड भएको ट्रकमा आगलागी भइ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कमलाले बगाएर एकको मृत्यु, एकको जिवितै उद्दार

कमलानदी नदी तर्ने क्रममा बगाएर एकको मृत्यु भएको छ । शुक्रबार कमलानदी पारी निपानेको जंगलमा गोठाला गएका दूधौली नगरपालिका-२ टोटराका ६५ वर्षीय मलेसी दनुवारको फर्कने क्रममा बगाएर मृत्यु भएको प्रहरीले जनाएको  छ । मृतकको शव शनिबार फेला परेको हो वडा नं १ को विचित्रमा नदी किनारमा फेला परेको थियो । 

बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र

बीपी राजमार्गमा मापदण्डका सवारी साधन शुक्रबारबाट चल्न थालेका छन् । सर्वोच्चले अन्तरिम आदेश जारी गरी मापदण्ड विपरितका सवारी साधन नचलाउन भनेको पाँच दिन पछि स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याएको हो ।

विस्फोटक पदार्थसहित विप्लवका विद्यार्थी नेता पक्राउ

प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थसहित नेकपा (विप्लव समूह) का दुई जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । शुक्रबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट पक्राउ गरि प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।