शंकर आचार्य

शंकर आचार्यका लेखहरु :

सुरु भयो चैते छठको धार्मिक विधि 

चैते छठको धार्मिक विधि शुक्रबारबाट सुरु भएको छ । व्रतालुहरुले शुक्रबार ‘नहा खाय’ विधि सुरु गरेका छन् । यस दिन व्रतालुहरुले स्नान गरेपछि शुद्ध चोखो गरी पकाइएको दाल, भात तथा लौकाको तरकारी खाने गर्छन् । व्रतालुहरुले आजबाट तामसी भोजन गर्दैनन् ।  

चैते धानका लागि मलको अभाव : बफर स्टकबाट किसानलाई राहत

चैते धान बालीको लागि डिएपी र युरिया मलको माग बढेपछि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले बफर स्टक (संचित मौज्दात) को मल बितरण गर्न थालेका छन् । वीरगन्जस्थित कम्पनी र कर्पोरेशनको मधेश प्रादेशिक कार्यालयहरुले दुई सातादेखि संचित मौज्दातको मल मातहतका जिल्लाहरुमा परिचालन गर्न थालेका हुन् । 

'वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबैको हातेमालो आवश्यक'

सरोकारवालाहरुले वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबै क्षेत्रको हातेमालो आवश्यक रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वाणी विमर्श श्रृङ्खला अन्तर्गत वीरगन्जको विरासत सत्रका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 

मेनुका पौडेललाई लता मंगेशकर संगीत पुरस्कार

गायिका मेनुका पौडेल लता मंगेशकर संगीत पुरस्कारबाट सम्मानित भएकी छिन् । वीरगन्जको नगरसभा गृहमा बुधबार साँझ आयोजित समारोहमा ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कारबाट पौडेललाई सम्मानित गरिएको थियो । 

प्रदेशको सीमांकन र नामांकन पहिचानका आधारमा गर्न जनमत पार्टीको माग

कोशी प्रदेशमा चलिरहेको पहिचानवादीको आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न जनमत पार्टीले आन्दोलन गर्ने निर्णय गरेको छ । 

भन्सार छली ल्याइएका जुत्ता चप्पल बरामद 

प्रहरीले भारतबाट भन्सार छली ल्याएको जुत्ता वीरगन्जबाट बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–८ घण्टाघर सडक खण्डमा घर कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ता बरामद भएको हो ।

मल्चर प्रविधिले किसानको गहुँ खेतीको लागत ५० प्रतिशत घट्यो 

जगरनाथपुर गाउँपालिका–३ बिजयबनियाका अगुवा किसान दाजु भाइ जयकिशोर र अभय यादवले यस बर्ष गहुँ खेतीमा नयाँ प्रयोग गरे । धान बाली काटेको खेतमा उनीहरुले गहुँ छर्न न त धान बालीको ढुटो/अवशेष फाले न त खेतको जोताईनै गरे ।  

सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरबाट बरामद वस्तु अलपत्र

सिर्सिया सुक्खा बन्दरगाह परिसरमा करिब ५ वर्ष देखि थन्किएका कन्टेनरहरुबाट बरामद सुपारी, पोस्तादाना लगायतका वस्तु अलपत्र परेका छन् । लिलामीका लागि खुला गर्दा समेत लिलामी नभएपछि बरामद गरिएका सामान नष्ट हुने अवस्था बनेको छ । बन्दरगाह भन्सार कार्यालयले ती वस्तु लिलामीका लागि माघ २९ र फागुन १३ मा गरी २ वटा छुट्टाछुट्टै १५ दिने सूचना प्रकाशित गरेकोमा अधिकांश वस्तु लिलामी सकारमा कसैले रुचि देखाएनन् । 

भित्रिन थाल्यो युरिया 

कृषि सामग्री कम्पनीको युरिया मल भित्रिन थालेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २१ को युरिया मल भित्रिन थालेको हो । 

‘भोजपुरी सिने अवार्ड’ साह र अधिकारीलाई

वीरगन्जमा प्रथम भोजपुरी सिने अवार्ड समारोह सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा शुक्रबार राति वीरगन्जस्थित नगर सभा गृहमा आयोजित भव्य समारोहबीच भोजपुरी चलचित्र उद्योगका कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।