पवन यादव

सिम्रौनगढ क्षेत्रमा खानेपानी हाहाकार

बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीकी ६० वर्षीया देवपतिदेवी रामले नुहाएको एक साता बढी भइसक्यो । मैलो कपडा सफा गर्न र गाईभैंसी, खसीबाख्रालाई पानी खुवाउन पनि निकै सास्ती भोग्नु परेको उनले बताइन् ।

तातोले हुरी पीडितलाई उकुसमुकुस

बाराको फेटा गाउँपालिका १ भलुहीका हावाहुन्डरी पीडितहरू दिउँसोको प्रचण्ड घाम लागेको बेला टेन्टमा भेटिदैनन् । घरका पुरुषहरू काम गर्न शहर तिर लाग्छन् । महिला र बालबालिकाहरू मात्र गाउमा भेटिन्छन् । उनीहरू पनि टेन्टमा बसेको पाइदैन ।

हावाहुन्डरी पीडित : सेनाले थाल्यो घर निर्माण

बारा र पर्सामा चैत १७ को विनाशकारी हावाहुरीले पूर्ण क्षति बनाएको एक हजार ४ सय ५३ घर निर्माण कार्य नेपाली सेनाले शनिबारबाट औपचारिक रूपमा शुरु गरेको छ ।

असारदेखि पाइपलाइनबाटै अमलेखगन्ज डिपोमा तेल भित्र्याउने तयारी

असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।

तरकारी बेचेर मनग्य आम्दानी

कलैया उपमहानगरपालिका ८ बरेवाका बद्री महतो कोइरीको दिन अहिले तरकारी बारीमै बित्ने गरेको छ । बिहान उठेपछि नित्य करम पुरा गरेर उनी गाउ नजिकै रहेको काउली बारीमा पुग्छन । उनको पछिपछि छोराहरू गगनदेव कुशवाहा र सिकिन्द्र कुशवाहा पनि खेतमा पुग्छन । 

पवन यादवका लेखहरु :

स्थानीय तहकाे प्राथमिकता सडक

बाराका २ उपमहानगरपालिकासहित १६ वटै स्थानीय तहले यस आवको बजेटमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाकै जेठो नगरपालिकाका रुपमा रहेको कलैया उपमहानगरपालिकाले १ अर्ब १ करोड २२ लाख ३० हजार रुपैयाँ चालू वर्षको बजेट विनियोजन गरेको छ ।

चिनी मिलले लक्ष्य भेट्टाएन

३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर सञ्चालन भएको बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले यसपालि लक्ष्य भेटाएन । 

हावाहुन्डरी प्रभावित बालबालिकामा झाडापखालाको डर

हावाहुन्डरी (चक्रवात) को चपेटामा परेको बाराका प्रभावित बालबालिका असुरक्षित बन्दै गएका छन् । यी क्षेत्रका बालबालिका खुला स्थानमा बसेर खानासँगै उडेको धूलो खान बाध्य छन् ।

चैती छठीलाई रकम अभाव

छठ व्रत एकपटक सुरु गरेपछि बाचुनजेल निरन्तरता दिनुपर्ने धार्मिक मान्यता छ । छठ गर्ने व्रतालुले जस्तोसुकै विपत्ति आए पनि छाड्न मिल्दैन । छठका व्रतालुले एकपटक व्रत बस्न छाडे दोहोर्‍याएर बस्न मिल्दैन । त्यही कारण व्रतालु ब्रत छाड्न मान्दैनन् ।