२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रमेशचन्द्र अधिकारी

रमेशचन्द्र अधिकारीका लेखहरु :

धनकुटामा आगलागीबाट दुई घरमा क्षति

धनकुटा नगरपालिका ४ कर्मीटारमा आइतबार दिउँसो आगलागीबाट दुईटा घरमा क्षति पुगेको छ । स्थानीय विश्वबन्धु थापाको गाइगोठबाट सल्किएको आगोले थापासहित छिमेकी काजीमान थापाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटामा श्रीमतीमाथि खुर्पा प्रहार

धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमवार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले बताए ।

प्रहरीले निर्घात कुटपिट गरेको आरोप

प्रहरीको कुटपिटबाट धनकुटाको सहिदभूमि गाउँपालिका ६ का एक व्यक्ति गम्भीर घाइते भएको स्थानीयले आरोप लगाएका छन् । कुटपिटको घटनाका आरोपितलाई नियन्त्रणमा लिन चार जनाको संख्यामा गएका प्रहरीले सहिदभूमि ६ माङ्तिन गाउँका ३३ वर्षीय निरन साङ्सनुन राईलाई निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् ।

धनकुटाको छथर जोरपाटीमा कांग्रेसका लिम्बु विजयी

छथरजोरपाटी गाउँपालिकामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका छत्रबहादुर लिम्बु विजयी भएका छन् । उनले ४ हजार ३५९ मत प्राप्त गरि जित हात पारेका हुन् । लिम्बुले नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई पराजित गरे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिम्बूले ४ हजार १६४ मत प्राप्त गरेका छन् । लिम्बु १९५ मतान्तरले पराजित भएका छन् ।

चार छोरालाई मादल बनाउन सिकाउँदै छोटे, तिहारको माग धान्नै मुश्किल

यतिबेला छोटे सार्कीलाई मादल बनाउने काममा भ्याइनभ्याइ छ । धनकुटा १ हिले बजार नजिक गैरीगाउँमा मादल बनाउने उद्योग नै सञ्चालन गरेका उनी तिहार नजिकिँदै जाँदा बिहानदेखि राति अबेरसम्म यस काममा व्यस्त हुँदै आएका छन् ।