देश ६ वटा संविधानपछि सातौं संविधानको अभ्यासमा छ । एउटा संविधानको समाप्ति र अर्को संविधानप्राप्तिको यात्रामा नेपालले लगभग आठ दशकको अमूल्य कालखण्ड प्रयोगमै गुजारिसकेको छ । ऐतिहासिक राजनीतिक परिवर्तनका संकल्प र संविधानद्वारा निर्दिष्ट लक्ष्यप्राप्तिमा असफलता नै आजको प्रमुख चुनौती हो । कुनै तन्त्रको पक्ष वा विपक्षमा भन्दा पनि वर्तमान अव्यवस्था, विधिविहीनता, भ्रष्टाचार, कुशासन र दण्डहिनता नै आजको जननिराशा र क्षोभको कारकतत्त्व हो ।
जाजरकोट–रुकुममा गएको मध्यरातको भूकम्प र त्यसका शक्तिशाली परकम्पहरूले दिएको पीडामाथि ‘पश्चिम नेपालमा अझै ठूलो भूकम्प जाने खतरा’ जस्ता प्रचार थप त्रासदीका रूपमा फैलिरहेका छन् । जाडो दिनदिनै बढिरहेको र हिउँ पर्ने बेला हुन लागेको छ । जाडोमा, मुटु छेड्ने सिरेटो खाँदै खुला आकाश र चिसो भुइँमा भोकभोकै वा अल्पभोजनमा रात बिताउन विवश बिरामी, सुत्केरी, वृद्धवृद्धा, बालबालिकाको चित्कार र कहर सम्झौं ।
देशको राजनीतिक परिस्थिति अँध्यारो सुरुङभित्र हराएजस्तो अनिश्चित र अन्योलग्रस्त हुँदै गएको छ । लोकतन्त्रको सुन्दर विशेषताका रूपमा जनताका बीचका गतिविधि र राजनीति, सत्ता र शक्तिमा केन्द्रित भएकाले मूलधारका पार्टीहरूप्रति जनतामा निराशा बढ्दो छ ।
नेपाल वित्तीय संकट र भ्रष्टाचारको महाचक्रव्यूहमा फसिसकेको छ । राजनीतिक खिचातानी र आर्थिक अराजकतामा रमाइरहने मनस्थिति भएकाहरूले यसलाई गम्भीरतापूर्वक लिएको भने पाइन्न । प्रधानमन्त्रीले ‘आत्तिइहाल्नुपर्ने अवस्था छैन’ भने पनि त्यसमा सनातनी भाषाबाहेक भरोसा भेटिन्न ।
लामो संघर्षको इतिहास बोकेको, सबभन्दा जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशनप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो र सरोकार रहन्छ नै । समग्र नेता तथा कार्यकर्ता पंक्ति (र्याङ्क एन्ड फायल) लाई महाधिवेशनको नीति–निर्देशन (म्यान्डेट) के छ भन्ने नीतिगत तथा सैद्धान्तिक पक्षको दिशाबोध जरुरी छ ।
राजनीतिमा सय दिन पनि एक युग हुन सक्छ भन्ने मान्यताले लोकतान्त्रिक राज्य प्रणालीमा सरकारको पहिलो सय दिन अर्थात् ‘मधुमास’ उसको सामर्थ्य चिन्ने, भावी कार्यदिशाबारे आशाको सन्देश दिँदै जनताका लागि काम गर्न थालेको भनी विश्वासी छवि निर्माण गर्ने र आफ्नो पहिलो प्रभावको सुवास छर्ने समय हो ।