अबधेशकुमार झा

अबधेशकुमार झाका लेखहरु :

जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि हसिना खान सिफारिस 

जनता समाजवादी पार्टीले रिक्त प्रतिनिधिसभा सदस्यका लागि बाँके जिल्लाकी हसिना खानलाई सिफारिस गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले खानलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको प्रवक्ता मनिष सुमनले बताए । 

तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता [तस्बिरहरू]

सप्तरीको तिलाठीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरू भएको छ । तिलाठीमा सरस्वती पूजा र मेलाका अवसरमा कुस्ती प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा नेपाल र भारतका ४० पहलमानले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता तीनदिन सम्मचल्ने आयोजकले जनाएका छन् ।

सिरहामा किशोरी बलात्कार आरोपी पक्राउ 

सिरहाको लहानमा एक १५ वार्षिय किशोरीको बलात्कारको अभियोगमा सुखीपुर-२ का  निकेशकुमार यादव पक्राउ परेका छन् । लहान-१ मा भाडामा लिएको घरमा निकेशले ललाइफकाइ ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जग्गाको किसिम परिवर्तन प्रकरण : भूमि व्यवस्थापन विभागले माग्यो जानकारी 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको किसिम परिवर्तनबारे भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीसँग तीन दिनभित्र  जानकारी मागेको छ ।  मिल्स एरिया र इट्टाभट्ट कायम रहेको जग्गालाई मालपोत कार्यालय सप्तरीले गैर-कानुनी रुपमा किसिम परिवर्तन गरि आवादी कायम गरेको थियो ।।

कांग्रेस र कम्युनिष्ट संघीयता र लोकतन्त्र समाप्त गर्न उद्यत छन् : उपेन्द्र यादव 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विगत ३४ वर्षदेखि कांग्रेस र कम्युनिष्ट नेतृत्व सत्ता परिवर्तनको खेलमा मात्र केन्द्रीत भएको आरोप लगाएका छन्  । 

संघीय सरकारले प्रदेश सरकारलाई अन्धकारमा राख्न खोज्यो : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता संकटमा रहेको बताएका छन् । मुलुकमा संघीयता आए पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताउँदै उनले संघीयता समाप्त गर्न केही तत्वहरु लागिरहेको आरोप लगाए ।