मोहन बुढाऐर

सुदूरपश्चिममा बजेट कार्यान्वयन चुनौती

प्रदेश सरकारले चालु बजेटमै कार्यान्वयनमा ल्याउन नसकेका महत्त्वाकांक्षी योजना समेटेर आइतबार आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट सार्वजनिक गरेको छ । चालु वर्षकै योजनालाई प्राथमिकतामा दिए पनि कार्यविधि, ऐन, कानुन, एकाइ तथा संयन्त्र स्थापना नहुँदा तिनको कार्यान्वयनमा शंका गरिएको छ ।

प्राथमिकतामा परेन औद्योगिक क्षेत्र

एउटा पनि औद्योगिक क्षेत्र नभएको सुदूरपश्चिममा प्रदेश सरकारले पनि बजेटमा औद्योगिक विकासका लागि ठोस कार्यक्रम ल्याउन नसकेको उद्योग व्यवसायीको प्रतिक्रिया छ । 

औद्योगिक क्षेत्र नारामै सीमित

सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल सुरु भएको वर्षौं भइसक्यो । एक दशकयताका सरकारले औद्योगिक क्षेत्रको योजना बजेटमै समेटिरहेका छन् । कार्यान्वयन भने हुन सकेको छैन । सरकारी घोषणा ‘नारामै सीमित’ भएको गुनासो उद्योगी-व्यवसायीको छ ।

गलत डिजाइनले पुलमुनि बस्ती

हुलाकी सडकमा पर्ने पवेरा नालामा निर्माणाधीन पुलमुनि बस्ती परेको छ । सडकभन्दा करिब २ मिटर उचाईमा पुल निर्माण भएकाले छेउको पवेरा मण्डी बजार र वस्ती पुलमुनि परेको हो । 

पर्याप्त खाद्यान्न व्यवस्था गर्न माग

सुदूरपश्चि प्रदेशमा ३३ प्रतिशत गरिबी छ । गरिबीको रेखामुनि रहेका बासिन्दा खाद्य संकटमा छन् । प्रदेश सरकारले अगामी बजेटमा खाद्य अधिकारको सुनिश्चता गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् । 

मोहन बुढाऐरका लेखहरु :

क्रिकेट मैदान निर्माण सुरु भएन

धनगढी फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम केन्द्रीय सरकारको मन्त्रीस्तरीय निर्णयको पर्खाइमा अघि बढ्न सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय केन्द्रीय सरकारले नगरिदिंदा बजेट कार्यान्वयनमा समस्या भएको छ ।

क्रिकेटमा फक्रँदै कविता

अन्तर प्रदेशस्तरीय मुख्यमन्त्री कप कविता कुँवरलाई प्रमाणित गर्ने राम्रो अवसर थियो । महिला क्रिकेटका लागि अवसर कम हुन्छ । बिरलै मात्र उनीहरूले राष्ट्रिय स्तरका प्रतियोगितामा खेल्न पाइरहेका छन् । त्यसैले घरेलु वातावरण धनगढीमा भएको यो प्रतियोगिता उनका लागि ठूलो अवसर थियो । 

व्यक्तिगत संरचना जोगाउन सडक साँघुरो

एसियाली बिकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित क्षेत्रिय सहरी विकास आयोजना अन्तर्गत धनगढीका सडक योजनाको चौडाई घटाएर कार्यान्वयन गर्ने तयारी भइरहेको छ  । धनगढीको मुख्य बजारमार्ग चौराहदेखि क्याम्पस रोडसम्मको चौडाई यसअघि ३० मिटर कायम गरिएकोमा घटाएर अहिले २४ मिटरको मात्रै बनाइने भएको आयोजनाले बताएको छ  ।

नगरपालिकाको बजेट मन्दिरै मन्दिरमा

धनगढी उपमहानगरपालिकाले डेढ करोडभन्दा बढी रकम मठमन्दिर, चर्च र सत्संग कमिटीलाई बाँडेको छ । केही मन्दिरमा योजना दोहोरिएका छन् । 

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसमा शंकास्पद वस्तु भेटियो

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले गएराति पौने १ बजे दिल्लीबाट काठमाडौं जाँदै गरेको बसमा शंकास्पद बिस्फोटक पदार्थ बरामद गरेको छ ।