१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

केशरबहादुर भण्डारी

केशरबहादुर भण्डारीका लेखहरु :

नाजुक राजनीतिक सुरक्षा

राजनीतिक सुरक्षालाई राष्ट्रिय सुरक्षा नीतिको पहिलो प्राथमिकतामा राखिन्छ, विशेषतः तेस्रो विश्वका मुलुकहरूमा । तर, राजनीतिक सुरक्षाको सर्वाधिक दुरुपयोग पनि तेस्रो विश्वका मुलुकहरूमै हुने गरेको पाइन्छ । यस्ता देशका नेताहरू यो शब्दावली सुन्न पनि चाहँदैनन्, यसको दुरुपयोगका कारक आफैं भएकाले ।

फोहोर व्यवस्थापनमा सेना

काठमाडौं उपत्यकामा थुप्रिएका फोहोरको व्यवस्थापन काठमाडौं महानगरको मेयरको जिम्मेवारी हो भनेर संघीय र प्रादेशिक सरकार पन्छिरहेका छन् । केहीअघि सिसडोल तथा बञ्चरेडाँडामा भएको अवरोध हेर्दा, सरकारमा सहभागी दलहरूले उल्टो असहयोग गरेको देखिन्छ । तर, यो विषय काठमाडौं महानगरसँग मात्र सम्बद्ध छैन । 

राष्ट्रिय सुरक्षा र संकटोन्मुख राष्ट्र

राष्ट्रिय सुरक्षा अहिले केवल राजनीतिक नारा र बुद्धिविलासको विषय भएको छ, राजनीति गर्नेहरूका लागि । राष्ट्रको बहुआयामिक सुरक्षाको विषय यति अपहेलित हुन पुगेको छ, अब पनि सम्हालिन नसकिए राष्ट्र कुनै पनि दिन संकटमा पर्ने निश्चितप्रायः छ । राष्ट्रिय सुरक्षा नीतिको सर्वोच्च विषय र प्राथमिक क्षेत्र राजनीतिक सुरक्षा नै बरालिएको यो अवस्थामा अन्य अहं पक्षको संरक्षण हुन नसक्नु स्वाभाविक हो, तर राष्ट्र यसरी सञ्चालन हुनु हुँदैन ।

युक्रेन एक युद्ध–प्रयोगशाला

रुस–युक्रेन युद्धले दुई महिना पार गरिसक्दासमेत यसको अन्त्यको निश्चितता छैन । युद्ध त कुनै न कुनै रूपमा एक दिन रोकिन्छ नै तर सोभन्दा अगाडि युक्रेनले अरू केकति मानवीय–भौतिक क्षति र दुर्दशा भोग्नुपर्ने हो, त्यो अहं चिन्ता र चासोको विषय हो, सभ्य ठान्ने विश्वका लागि । रुसले युक्रेनको नाटोमा संलग्न हुने प्रयासलाई आफूमाथिको प्रत्यक्ष सुरक्षा चुनौती मानेको छ । यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र उसका सहयोगी मुलुकहरूतर्फ इंगित गर्दै, युक्रेनको मामिलामा हस्तक्षेप गरे इतिहासमा देख्नु नपरेको दुर्दशा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

बेलगाम अभिव्यक्ति र जिराहा राजनीति

झूटको खेती अनि सञ्चारजगत् र नागरिक कार्यक्रमहरूमा देखिने-सुनिने सरकार, नेता र पार्टीहरूविरुद्धको निराशाजनक अभिव्यक्ति तथा उग्र आलोचनाबीच तादात्म्य पाइँदैन । तर, यसले देश अन्योल र संकटपूर्ण अवस्थामा पुगिसकेको प्रस्ट संकेत भने गर्छ । 

सुरक्षा क्षेत्रमा असंगति

मर्यादाक्रमनेपालको संविधानले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मूल सुरक्षा संस्थाका रूपमा मानेको छ । यही कुरा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था अन्तर्गतको धारा २६८ मा पनि उल्लेख छ । यी चार सुरक्षा अंगमध्ये स्थापनाकालका आधारमा क्रमशः नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल पर्छन् ।