विमल निभा

उदास मुद्रामा रक्सी पिउँछु

मित्रहरू हो, म त्यति रक्सी पिउँदिनँ । तथापि यस मामलामा बदनाम छु । मलाई अपार कष्ट केमा छ भने म जति रक्सी पिउँछु, यसको तुलनामा बेसी नै बदनाम छु । मेरो रक्सीपियाइ र बदनामीको कुनै वास्तविक तालमेल बनेको छैन । त्यसउसले यसको यथोचित मिलान होस् भन्ने कामना गर्नु कदापि नाजायज होइन ।

सत्ताको चुट्किला 

केही समयका लागि म सपत्नी नेपाल बाहिर थिएँ । यसलाई स्पष्ट शब्दमा भन्ने हो भने पत्नी रिता श्रेष्ठका साथ छोरा प्रथमकृष्ण श्रेष्ठ र बुहारी आस्था अधिकारीकहाँ । अर्थात सुदूर मुलुक क्यानाडाको मेनिटोबा राज्यस्थित सहर विनिपेग ।

तेस्रो ‘स’

कमरेड नेकपा अन्डरलाइनको केन्द्रीय सदस्य भएकोमा मलाई खुसी नै लाग्यो । यो उनको कम्युनिष्ट जीवनको अन्डरग्राउन्डदेखि अन्डरलाइनसम्मको सफल यात्रा थियो । र थप खुसीको कुरो के भने कमरेड नेपाल सरकारको एक शक्तिशाली मन्त्रीको सल्लाहकार पनि भएका थिए । अत: एक शुभचिन्तकको नाताले उनलाई तगडा बधाई दिन हिंँडेँ म ।

एब्सट्रेक्ट सोसियोलिजम

अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए । सम्पूर्ण वातावरण नै एउटा गहकिलो ह्यान्डस्केपमा परिणत भएको थियो ।

विमल निभाका लेखहरु :

बैठकको बिरुवा

उनको भव्य बैठक कोठामा एउटा बिरुवा स्थापित थियो । म त्यसको ध्यानपूर्वक अवलोकन गरिरहेको थिएँ । र साथै व्यग्र प्रतीक्षा पनि । उनी कोठामा प्रवेश गर्नासाथ म उभिएँ । उनले संकेतले मलाई बस्न भने । म विस्तारै बसेंँ । उनले मुस्कुराएर सोधे, ‘के हालखबर छ पत्रकारज्यू ?’

जिम्मेवारी

‘हेलो ।’‘हेलो ।’‘यो अखबार कार्यालय हो ?’‘हो, के भन्नुछ, भन्नोस् ।’‘प्रधान सम्पादकज्यू हुनुहुन्छ ?’‘अहिले हुनुहुन्न, उहाँ ।’‘कहाँ जानु भएको छ प्रधानसम्पादकज्यू ?’‘उहाँ जरुरी कामले बाहिर जानुभएको छ ।’‘कहिले फर्कनु हुन्छ ?’‘यो भन्न सकिंदैन ।’

कखगघङ

(क)‘स र, समृद्धि कसरी आउनेछ भनी जान्न जनतामा बहुतै खुलदुली छ ।’‘यो त सिम्पल छ नि !’‘कसरी सर ?’

श्मशान एकता

नदी किनारमा थपक्क लास राखिएको थियो ।कुनै ठूलै मनुवाको देहावसान भएको हुनुपर्छ । किनभने श्मशानघाटमा भीआईपीहरूका बाक्लै उपस्थिति थियो । केही परको सिमेन्टीको लम्बोत्तर बेन्चीमा लहरै बसेका भद्र मलामीजनमा सहसा बहसारम्भ । यसले यिनीहरू पक्कै नै बुद्धिजीवी प्रजातिको भएको पुष्टि गर्थ्याे ।

मोतिहारीको रेल

नेपालमा चीनको रेल गुड्ने भनेर चलिरहेको हलुका–हलुका गाइँगुइँको प्रत्युत्तरमा भारत देशले पनि एकथान रेल ल्याइदिने भएको छ । अब हामी नेपाली ‘दुई ढुङ्गा बीचको तरुल’मात्र नभएर ‘दुई रेल बीचको यात्री’ पनि हुने भएका छौं । यद्यपि दुवै मित्रराष्ट्रहरूले हाम्रालागि सप्रेम पठाइदिने रेलहरू आइपुगेका छैनन् । तर म भने अहिलेदेखि नै पुरै अलमलिएको अवस्थामा छु– ‘कुनचाहिँं रेल चढ्ने हँ विमल ?’