विप्लव भट्टराई

नयाँ च्याम्पियन पाउँदै माईभ्याली

क्यामरुनी टोली दाउफिन्स नेपालका फुटबल क्लबहरूलाई निकै टाउको दुखाइ बन्दै आएका छन् । नेपाली खेलाडीको तुलनामा बलियो शारीरिक बनोटसँगै खेल कौशल पनि अब्बल भएको अवस्थामा नेपाली क्लबले उनीहरूसँगको प्रतिस्पर्धा कठिन मान्ने गरेका छन् । यो सिजन आठ प्रतियोगितामा भाग लिएको दाउफिन्सले तीन उपाधि जितिसकेको छ । माईभ्याली गोल्डकपका लागि यी दुवै टिम नयाँ हुन् । 

थ्रीस्टारविरुद्ध हिमालयन शेर्पाको सान

हिमालयन शेर्पा क्लबले डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई ३–१ ले स्तब्ध बनाउँदै इलाममा जारी पाँचौं आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ । सुरुआती अग्रता जोगाउन नसक्दा उपाधि रक्षाको गर्ने लक्ष्यमा आएको थ्रीस्टार निराश भएको हो । 

माइभ्याली गोल्डकपको तयारी तीव्र

पूर्वी पहाडी जिल्लाको प्रतिष्ठित मानिएको पाँचौं अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन २६ देखि हुने प्रतियोगिता पुरस्कार राशि र व्यवस्थापनको आधारमा प्रतिष्ठित मानिएको हो । बाँसको प्यारापिट निर्माणदेखि मैदान व्यवस्थापन, स्टेज निर्माण, स्वागतद्वार निर्माणलगायत काम अन्तिम चरणमा पुगेका हुन् । 

चिया खेती थेग्न गाह्रो : कृषक

यो पटक हिउँदमा पर्याप्त वर्षा भएकाले अघिल्ला वर्षभन्दा छिटो चिया टिपाइ हुने निश्चित छ । हिउँदभर काँटछाँट र सरसफाइमा रहेका कृषक कात्तिकसम्म चिया टिप्न र कारखानासम्म पुर्‍याउन व्यस्त रहन्छन् ।

होमस्टेले लोभ्याउँदै पर्यटक

सोमबार साँझ सन्दकपुर गाउँपालिका १ को देउराली पुग्दा सोमबहादुर राईको घरको रौनक भिन्न थियो । काठ, जस्ता र मालिङ्गोको चित्राले चिटिक्क सजिएको घर अगाडि आकर्षक ढंगले सजाइएको आँगनमा हातमा माला लिएर स्थानीय स्वागतका निम्ति तयार थिए । बाँसबाट सुन्दर ढंगले बनाइएको गेटबाट भित्र छिर्नासाथ उनीहरूले माला लगाइदिँदै अतिथिको स्वागत गरे ।

विप्लव भट्टराईका लेखहरु :

घरैपिच्छे डेरी उद्योग

इलामका कृषक दुग्ध व्यवसायमा आफैं उद्यमी बनेका छन् । यहाँ उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री भएकाले डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको हो । हाल छुर्पीको बजार भने अनिश्चित भएको भन्दै उद्यमी चिन्तामा छन् । 

विद्यालयलाई जग्गा जोगाउनै मुस्किल  

जिल्लामा रहेका पुराना विद्यालयको नाममा पर्याप्त जग्गा रहे पनि आम्दानी न्यून मात्र छ । ती शैक्षिक संस्थालाई जग्गा जोगाउनसमेत हम्मे छ ।

पाहुनालाई कोदोको रोटी र वाचिपो

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सव सुरु भएको छ । सिद्धिथुम्का सूर्योदय र सूर्यास्तसँगै हिमशृंखला र तराईका फाँट नियाल्न अब्बल मानिन्छ ।

सीमामा सशस्त्र र एसएसबी सँगसँगै

पटक–पटक सीमा विवाद उठ्ने इलामको पूर्वी भारतीय क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन हुने भएको छ । सशस्त्रले भारतीय सीमासुरक्षा बल एसएसबीसँगको सहकार्यमा सीमासुरक्षा गर्ने योजना छ ।साहयता कक्षदेखि संयुक्त गस्ती गरेर सीमा क्षेत्र अनुगमनको काम हुनेछ ।

जुत्ता नलगाए लाइसेन्स जाला

दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाइसेन्समा कडाइ, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ ।