जयबहादुर रोकाया

ताजाकोट पुगे चिकित्सक, रोग पहिचान हुन ३ दिन लाग्ने

मौसमी रुघाखोकीले प्रभावित हुम्लाको ताजाकोटमा सुर्खेत र मुगुबाट चार चिकित्सकसहितको टोली पुगेको छ । चिकित्सकले बिरामीमा देखिएको लक्षण–चिहनका आधारमा इन्फ्लुएन्जा भए पनि कुन किसिमको हो भन्ने यकिन गर्न तीन दिन लाग्ने जनाएका छन् ।

हिमपातसँगै बेंसीमा झरी

कर्णाली प्रदेशका उच्च लेकाली बस्ती र हिमाली जिल्लामा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । माथिल्ला क्षेत्रमा हिमपात भएसँगै औल (बेंसी) क्षेत्रमा पानी परेपछि जाडो बढेको छ ।

वडा कार्यालयमा न्यून साधन स्रोत

वडा कार्यालय जनताका लागि सबैभन्दा नजिकको ‘सिंहदरबार’ हो । संघीयताले जनताको कामको सबैभन्दा बढी चाप वडामा थोपरेको छ । तर, वडातह स्रोतसाधन, संरचना र जनशक्ति अभावमा थला परेका छन् । सानो काँधमा जिम्मेवारीको ठूलो जिम्मेवारी बोक्न उनीहरूलाई हम्मे भइरहेको छ ।

बहुपति त्याग्दै युवा

जिल्लाको उच्च हिमाली भेगका लामा जातिमा रहेको बहुपति प्रथाप्रति युवाको विकर्षण बढ्दै गएको छ । पछिल्लो पुस्ताले बहुपति प्रथाप्रति अरुचि देखाएपछि एकल विवाह बढ्दै जान थालेको छ । 

बहुपति प्रथा नमान्ने अंशविहीन

सात वर्षअघि भागी विवाह गरेका तञ्जन लामा ससुराली गाउँमा कोठा लिएर बस्दै आएका छन् । मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका उनले भाउजूलाई पत्नीका रूपमा स्वीकार नगर्दा पुख्र्यौली अंशबाट वञ्चित हुनुपरेको हो ।

जयबहादुर रोकायाका लेखहरु :

कर्णाली विकासमा चीनको चासो, हिल्सा–जमुनाह द्रूतमार्गको हवाई सर्भे

प्रधानमन्त्री केपी ओलीको असार पहिलो साता सम्पन्न चीन भ्रमणमा भएको एक महत्वपूर्ण सहमति थियो, कर्णाली आर्थिक करिडोर विकासका लागि चीनले संभाव्य सहयोग गराउने ।

हेलिकप्टरको पंखाले काटेर एक भारतीयको मृत्यु

चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा मानसरोवर केलाश तीर्थ यात्रामा गएका एक भारतीयको आफै चढेको हेलिकप्टरको पंखाले काटेर मृत्यु भएको छ ।

आठ वडाका एउटै सचिव

सदरमुकामस्थित आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक जना वडासचिवले काम गर्दै आएका छन् । आठ वडाको काम एक्लैले गर्दा वडासचिव धर्मराज रोकायालाई भ्याईनभ्याई छ ।

गाडीले दियो खच्चडलाई काम

गाडी पुगेको स्थानमा खच्चड विस्थापित हुने भए पनि हुम्लामा उल्टो छ । सदरमुकाम सिमकोटको उत्तर– दक्षिण क्षेत्रमा सडक सन्जाल जोडिएपछि गाडीको इन्धन बोक्ने काममा खच्चडको प्रयोग हुन थालेको छ । हेलिकप्टरबाट ढुवानी गरिएका गाडीहरू यहाँका ग्रामीण क्षेत्रमा चल्न थालेपछि खच्चडले रोजगारी पाएका हुन् ।