राजेश मिश्र

जन्मसिद्धका सन्तानलाई 'वंशज’

गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । नागरिकता नपाउनेहरूको समस्या बढ्दै गए पनि नागरिकता संशोधन विधेयक पारित हुन ढिला हुने भएपछि गृहले लचकता अपनाएको हो । 

नेकपाको नामबारे आयोगमा बहस

 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममाथि मंगलबार निर्वाचन आयोगमा कानुनी बहस भएको छ । पहिल्यैदेखि कायम रहेको अर्को दलसँग नाम जुधेपछि सत्तारूढको नाम खारेज गर्ने कि त्यही राख्ने भन्नेबारे आयोगको इजलासमा बहस भएको हो ।  

भारत भ्रमणको प्राथमिकता: पुरानै सम्झौता छिटो कार्यान्वयन

प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमण विगतका सम्झौता र प्रतिबद्धता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने बताएका छन् । शुक्रबारदेखि तीनदिने राजकीय भ्रमणमा जान लागेका ओलीले मंगलबार संसद्का दुवै सदनलाई भ्रमणको उद्देश्य, एजेन्डा र औचित्यबारे जानकारी दिएका हुन् ।

सुखद बहिर्गमन गुमाउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक सत्ता सम्हालेको ८ महिना पुग्दैछ । बढीमा उनी अर्को एक महिना सरकारको नेतृत्वमा रहने छन् । संसदीय गणितको खेल भएन भने उनी तत्कालै सत्तामा आउने सम्भावना देखिँदैन । तर सफलतापूर्वक चुनाव गराएको जस लिनुको साटो फेरि पनि विवादित भएरै सत्ता बहिर्गमनको बाटोमा छन्, उनी ।

राजनीतिले लिएन गति, प्रतीक्षा प्रदेश प्रमुख नियुक्तिको

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको ४० दिन पूरा भएको छ । ताजा जनमत अनुसारको नयाँ सरकार गठनको विषय त टाढाको कुरा, प्रतिनिधिसभा र प्रदेशसभाले कहिले पूर्णता पाउने हो, अझै यकिन हुन सकेको छैन । 

राजेश मिश्रका लेखहरु :

राष्ट्रिय सभा गठन विवाद - प्रतिनिधिसभाकै परिणाम अड्कियो

राष्ट्रिय सभा गठन हुन नसक्दा प्रतिनिधिसभाको निर्वाचन परिणाम अडकिएको छ । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको परिणाम आइसके पनि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका १ सय १० सिटको निर्वाचन परिणाम दिन सकेको छैन । समानुपातिकतर्फ सम्पूर्ण गणना सकिएको पनि १० दिन नाघिसकेको छ ।