दुर्गालाल केसी

आफन्तबाटै बालिका जोगाउन मुस्किल

कतिपय जन्म दिने बाबुबाटै बलात्कृत भएका घटना छन् त कति नजिककै नातेदारबाट । कतिपय वृद्धले बालिकामाथि अत्याचार गरेका छन् भने कतिपय बालकले वृद्धालाई । अनेक रूपमा यस्तो अपराध बढ्दो छ । घरपरिवारकै सदस्यबाट बलात्कार हुने क्रम पनि चिन्ताजनक अवस्थामा छ । सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ । 

झाडापखाला नियन्त्रणमा संघीय र प्रदेश सरकारको वेवास्ता

शान्तिनगर गाउँपालिकाका दुई वडामा फैलिएको झाडापखाला नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले कुनै चासो दिएको छैन । चार दिनदेखि झाडापखाला फैलँदा पनि संघीय र प्रदेश सरकारको कुनै गम्भिर ध्यानाकर्षण नभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

बिरामीको मृत्युपछि तुल्सीपुरमा तनाव, डाक्टर र मेडिकल सञ्चालक प्रहरीको नियन्त्रणमा  

उपचारमा लापरबाहीका कारण तृलसीपुरमा एक बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले मेडिकल घेराउ गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचारमा गएकी तुलसीपुर-७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले घेराउ तथा प्रदर्शनसहित नाराबाजी गरेका छन् ।

बिरामीलाई गुणस्तरहीन खाना

घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य सेवा र प्रशासनिक व्यवस्थापनमै कमजोर पाइएको छ । घोराही उपमहानगरपालिकाले शुक्रबार गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

दाङमा दुई दिनदेखि आमहड्ताल

पाँच नम्बर प्रदेशको अस्थाई राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबारदेखि आह्वान गरिएको अनिश्चितकालीन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर भएको छ ।

दुर्गालाल केसीका लेखहरु :