डा. अंगराज तिमिल्सिना

कांग्रेसको पुनर्निर्माण

चुनाव हार्ने निश्चितजस्तै भएपछि पूर्वसभामुख दमननाथ ढुङ्गानाले घतलाग्दो ट्विट गरे, ‘भूतले खाजा खाने बेला उठिएछ ।’ रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशी लगायतका हस्तीहरूको पराजयले कांग्रेसमा सुनामी आएजस्तै भयो, तर ७४ वसन्त पार गरिसकेका ढुंगानालाई २३ वर्षपछि राजनीतिमा फर्केर आउँदा आफू पुरानो भैसकेको कुरा ‘भूतले खाजा खाएपछि’ मात्रै महसुस भयो ।

सरकार बनाउन मधेस–सिट निर्णायक

निर्वाचनको सरगर्मीसँगै नेपालको राजनीतिक वृत्तमा अब कसको सरकार बन्ला भन्ने बहस चलेको छ । बेलायतको ब्रेक्जिट (युरेपेली समुदायबाट बेलायत निस्किने जनमत संग्रह), अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन र नेपालकै २०५४ को स्थानीय चुनाव (जसमा एमालेले भारी मत ल्याएको थियो) र २०५६ को संसदीय चुनाव (जसमा कांग्रेसले बहुमत ल्याएको थियो) आदिलाई केलाउँदा चुनावी परिणामको प्रक्षेपण गर्न त्यति सजिलो छैन । समय, परिवेश र राजनीतिक माहोलले निर्णायक मतदाता कता मोडिन्छन्, आँकलन गर्न अक्सर गाह्रो हुन्छ ।

अतिवादको चपेटामा मधेस मुद्दा

नेपालका राजनीतिक परिघटना हेर्दा मधेसको राजनीति बिस्तारै अतिवादतिर उन्मुख देखिन्छ । त्यहाँ आन्दोलनरत शक्ति राजपालाई चुनावमा सहभागी गराउन प्रदेश २ को चुनाव असोजसम्म सहमतिमा सारिएको भनिए पनि सरकारले एकलौटी रूपमा निर्णय गरेको भनी राजपाले आन्दोलन जारी नै राख्ने निर्णय गर्‍यो ।

चुनावी गठबन्धन : कति प्राकृतिक ?

विश्वभरि एउटा भनाइ निकै प्रख्यात छ, ‘सबै राजनीति स्थानीय हुन्छ ।’ भन्नुको अर्थ कस्तो उम्मेदवारले जित्ने वा कस्तो गठबन्धन बन्ने भन्ने कुरा स्थानीय राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा भर पर्छ ।

चीन भ्रमण : सन्तुलित सम्बन्धको सुरुवात ?

२०७२ साउनमा अविश्वासको प्रस्तावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने र केपी ओली सत्ताबाट बाहिरिने क्रममा उखान–टुक्काको आकर्षण पारामा ओलीले भनेका थिए, ‘भूराजनीति भनेको के हो, हाम्लाई थाहा नभएको हो र ? दक्षिणतिर भारत पर्छ, उत्तरतिर चीन पर्छ ।’ आफ्नो पार्टीगत रणनीतिलाई दृष्टिगत गरी ठट्यौली पारामा व्यक्त गरिएका ओलीका कथनभित्र लुकेको कटु सत्य के थियो भने भारत र चीन उत्तर र दक्षिणका दुई ठूला छिमेकी भएकाले कुनै न कुनै रूपमा यिनको नेपालमा प्रभाव रहन्छ नै ।

डा. अंगराज तिमिल्सिनाका लेखहरु :