लीलावल्लभ घिमिरे

गाउँ–नगर सभा सञ्चालन कार्यविधि पारित

गाउँसभा र नगरसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि खारेज गर्दै प्रदेशसभाले ‘गाउँनगर सभा सञ्चालन कार्यविधि विधेयक २०७५’ सर्वसम्मत पारित गरेको छ ।

महिना दिनमा २ विधेयक पास

प्रदेशसभाको पहिलो बैठक बसेको महिना दिन पुग्न लाग्दा २ वटा विधेयक पास भएका छन् । मंगलबारको बैठकले प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभा सञ्चालन कार्यविधि बन्दै

तेस्रो विधेयकका रूपमा प्रदेश सभा बैठकमा शुक्रबार गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि (विधेयक) २०७४ पेस भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बैठकमा उक्त विधेयक पेस गरेका हुन् । शुक्रबारै विधेयकमाथि सदस्यहरूले सैद्धान्तिक छलफल गरे ।

प्रदेशसभामा दोस्रो विधेयक पेस

प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबारको प्रदेशसभा बैठकमा पेस भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैठकमा विधेयक पेस गरेका हुन् ।

विनियोजन विधेयक पारित

प्रदेशसभा बैठकले बुधबार विनियोजन विधेयक पारित गरेपछि बजेट खर्च गर्ने आधार बनेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मंगलबार टेबल गरेको विनियोजन विधेयक सर्वसम्मतिले पास गरेको हो । बैठकले पास गरेको विनियोजन विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि बजेट खर्च गर्ने बाटो खुल्नेछ ।

लीलावल्लभ घिमिरेका लेखहरु :

विपक्षीले उठाए सुरक्षा प्रश्न

प्रमुख विपक्षी कांग्रेसले सरकारले शान्ति सुरक्षा कायम गर्न नसेको भन्दै प्रदेश सभामा प्रश्न उठाएका छन् । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै विपक्षी दलका सदस्यहरूले शान्ति सुरक्षा लथालिङ्ग भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्रीको जवाफ मागेका छन् ।

तत्काल सुरक्षा दिन विशेष योजना

तपार्इंको घरगाउँमा कुनै घटना, दुर्घटना भएमा वा सुरक्षा आवश्यक परे प्रहरीलाई फोन गर्नुहोस् । २० मिनेटभित्र प्रहरी घटनास्थल आइपुग्छ । प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी एकाइ धरान, जिल्ला प्रहरी, इलाका प्रहरी, वडा प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमध्ये कुनै एक नम्बरमा फोन गर्नासाथ प्रहरी घटनास्थलमा आइपुग्नेछ ।

पेस्की बजेट ल्याउने तयारी

प्रदेश सरकारले चैत २५ गतेभित्र पेश्की बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङबोले बताएका छन् । ‘तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘पेश्की बजेटले आँउदो आर्थिक बर्षका लागि पुर्वाधार तयार पार्ने काम गर्छ ।’