जनक नेपाल

कर्णालीको सिमी–फापर थन्कियो

खाद्य संस्थानले कर्णाली क्षेत्रबाट सिमी, फापर र मास खरिद गर्न थाले पनि बजारीकरण नहुँदा सयौं क्विन्टल गोदाममै थन्किएको छ । ढुवानी अनुदानमा कर्णालीमा चामल बिक्री वितरण गर्दै आएको संस्थानले केही वर्षयता त्यहाँका उत्पादन खरिद गर्न थालेको हो । हिमाली भेगको पौष्टिक तथा अर्गानिक सिमी फापरको पर्याप्त प्रचारप्रसार नहुँदा बिकेको छैन । 

जाजरकोट–डोल्पा सडक अन्तिम चरणमा

डोल्पालीको भाग्य र भविष्यसँग जोडिएको जाजरकोट–दुनै सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डोल्पा सिमाना खदाङदेखि त्रिपुराकोटबीचको चार किलोमिटर भीर खण्ड मात्र ट्रयाक खोल्न बाँकी छ । 

नहरमा ठेकेदारको लापरबाही

बहुप्रतीक्षित सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पानी छाड्न सुरु गरिए पनि शाखा नहरको काम ठेकेदारको लापरबाहीले अलपत्र छ । डुडुवा शाखा नहर निर्माण निर्धारित समयभित्र नसकिने सम्भावना बढेपछि किसान चिन्तित छन् । 

जनक नेपालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।