अर्जुन शाह

धनगढी विस्फोट : खाजा खाँदाखाँदै पड्कियो

बिहीबार साँझ । करिब ७ बजेको हुँदो हो, से७प ३१४४ नम्बरको मोटरसाइकलमा दुई जना आए र सहिदगेटको पूर्वपट्टि जस्तापाताले छाएको मिलन होटल छिरे । चियासमोसा मगाए । खाइसकेपछि चुरोट मागे ।

चन्द कार्यकर्ताले बोकेको बम विस्फोट, घाइते ५ मध्ये २ गम्भीर

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीको सहिद गेटस्थित नीलम होटलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

प्रदेशसभा लगातार अवरुद्ध, बजेटमाथिको छलफल सुरु भएन

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको विरोध गर्दै आएका प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठकमा अवरोध जारी राखेका छन् । प्रतिपक्षीको अवरोधकै कारण बजेटमाथिको छलफल भने सुरु हुन सकेको छैन । 

सुरु भएनन् ठूला आयोजना

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएका महत्त्वाकांक्षी योजनाहरू सुरु हुन सकेका छैनन् । सरकारले प्रदेश बस सेवा सञ्चालन, जडीबुटी प्रशोधन केन्द्र, प्रदेश खाद्य डिपो स्थापना, सुपथ मूल्य पसल सञ्चालन, प्रदेश क्रिकेट मैदान, औद्योगिक ग्राम, सबै पालिकामा हाटबजार स्थापनालगायत महत्त्वकांक्षी योजना ल्याएको थियो । आव सकिन अब डेढ महिना मात्र बाँकी छँदा ती योजना कार्यान्वयन हुने अवस्था भने देखिँदैन ।

अर्जुन शाहका लेखहरु :

१० महिनामा २० प्रतिशत खर्च 

सुदुरपश्चिम प्रदेश सरकारको बजेट खर्च निरासाजनक देखिएको छ । बजेट विनियोजनका बेला हचुवाका भरमा योजनाहरू तर्जुमा गरेका कारण चालु आवमा १० महिनाको अवधिको कूल बजेटको २० प्रतिशत मात्र खर्च भएको देखिएको छ । 

सरकारी अस्पताल तहसनहस, निजीमा लुट

छोरा पावेलको हात भाँचिएपछि कैलालीको चौमालाकी खिना खत्री बिहीबार हतारिँदै सेती अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगिन् । त्यहाँ पुग्नेबित्तिकै एकजना अपरिचित व्यक्ति आएर 'यहाँ ढिला हुन्छ, सिटी पोलिक्लिनिकमा लैजानुस्, तुरुन्तै उपचार हुन्छ' भने ।

हिउँदे अधिवेशन अन्त्य, ७ विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन बिहीबार अन्त्य गरिएको छ । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामा सुनाउँदै सभामुख अर्जुनबहादुर थापाले तेस्रो अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

सांसद असन्तुष्ट 

झन्डै ७ महिनापछि बसेको नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले गति सुस्त भएको भन्दै सरकारको आलोचना भएको बैठकका एक सांसदले बताएका छन् । बिहीबार दिनभर चलेको बैठकमा अधिकांश सांसदहरूले बजेट खर्च हुनेमा आशंका गर्दै गम्भीर हुन मन्त्रीहरूलाई सचेत गराएका हुन् । 

संघीय सरकारप्रति गुनासो : समन्वय नहुँदा काम लथालिंग

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा विकास योजनाको कार्यान्वयन र कानुन निर्माणको प्रक्रिया लथालिंग बनेको छ । प्राकृतिक स्रोतसाधन तथा शक्ति बाँडफाँटमा अन्योल नहटदा दूरी बढदै गएको तीनै तहका जनप्रतिनिधिको गुनासो छ ।