२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुमनराज ताम्राकार

सुमनराज ताम्राकारका लेखहरु :

कसले लगाउने एचपीभी खोप ?

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान गत बुधबारदेखि चलाइरहेको छ । यो खोप ९ देखि १४ वर्षसम्मका उमेर समूहकालाई दुई मात्रा दिनुपर्छ । पछिल्लो जनगणना अनुसार नेपालमा ९ देखि १४ वर्षका बालिका एवं किशोरीको संख्या करिब साढे १६ लाख छ ।

समयबजी फ्युजन

‘धान आयो गुठीधान सक्यो सिठी’नेवार जातिमा खानाको परिकार कसरी खाने ? कहिले खाने ? त्यसको आ–आफ्नै नीतिनियम छ । सहरीकरणसँगै फेरिएको जीवनशैली र व्यावसायिकताले सबैखाले नेवारी परिकार बाह्रैमास पाइन थालेको छ । तर, योमरी गर्मीमा अनि चटामरी र बारा (वः) जाडो मौसममा खाने जिनिस होइन । चन्द्रमासको तिथिमितिअनुसारका जात्रापर्व र सांस्कृतिक अवसरअनुसार फरक–फरक नेवारी परिकार खाइन्छ वा खानुपर्छ ।

मामा क्रेब्सको कहानी

अपरेसन थिएटरमध्यजर्मनीको सानो सहर वेजलस्थित एक अस्पतालको अपरेसन थिएटरमा छु (म्युनिखको एक स्त्रीरोग विशेषज्ञको सम्मेलनमा जर्मनी आइपुगेको थिएँ) । आजको अपरेसन लिस्टमा एक २६ वर्षे महिलाको पूरै दायाँ स्तन निकालेर सिलिकनको नक्कली स्तन राखिने केस पनि रहेछ । तिनलाई सुताइएको छ– अपरेसन थिएटरको अपरेसन टेबुलमा लमतन्न पारेर । हातको नसामा सलाइन, मूत्रद्वारमा पिसाब नली, नाकको पोरामा अक्सिजनको पाइप । अब मुखमा बेहोस पार्ने इन्डोट्राकियल ट्युब राखिँदै छ । कुनै छिद्र बाँकी छ ? सायद छैन, शरीरका नौ छिद्रमध्ये आँखा, कान र मलद्वार मात्रै बाँकी राखिए ।

होलबडी चेकअपको हौवा

‘सुन साइँली सुन साइँली, चालीस कटे’ सि रमाऔंला...’ गीतले भनेझैं चालीस वर्ष कटेपछि रमाउने त छँदै छ, तर उमेरको त्यो मोड पार गरेपछि नियमित स्वास्थ्य जाँच भने पक्कै गर्न थाल्नुपर्छ । चालीस कटेपछि विभिन्न खालका मेडिकल समस्या देखिन थाल्ने हुनाले नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । यसै मेलोमा होलबडी चेकअपको गुलियो विज्ञापनले राम्रै स्थान पाउन थालेको छ । 

मनको जाली चुम्ने गोलहरू

एक गोल । मात्र एकै गोलको फरक त हो नि ! किन एक गोलले दर्शकका आँखामा ग्लिसरिन छरेर जान्छ ? किन कुनै एक गोलले मान्छेलाई नाइट्रस अक्साइड सुँघाएझैं हुन्छ ?